थाइल्याण्डमा २९ औँ मास्टर एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी
माघ ३०, २०८१, बुधबार | विहान १०:५९ बजे | 35
नबिना श्रेष्ठ
थाइल्याण्डमा आयोजना हुन लागेको २९ औँ मास्टर एथेलेटिक्स च्याम्पियनसिप खेलमा भाग लिन जान लागेका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्ले सामान स्वरूप विदाई गरे। राष्ट्रिय खेलकुदका उपाध्यक्ष धुर्व आचार्यले पनि खेलाडीलाई सम्मान स्वरूप बधाई तथा विदाई गरेका थियो।
थाइल्याण्डमा आयोजना हुन लागेको मास्टर एटेलिस्ट एसोसिएसनका सदस्यहरु खेलमा भाग लिन जाने खेलाडीहरूको साथमा कोषाध्यक्ष भैरव शाहीकाे लिडरसिपमा सुची शाही, कृष्णप्रसाद सिग्देल,गिर्वाण विक्रम शाह ,सुनिल शाक्य ,नरेन्द्रमान श्रेष्ठ, अशोक बिष्ट ,गौतम माझी, सुनिल कुमार लालवानी, शंकर शाह, गोविन्द बहादुर थापा ,समेतको टोली थाइल्याण्डमा पुगेका छन्। उमेरको अनुसारले युवा भन्न नमिलेता पनि युवाको भन्दा कम जोश जाँगर नरहेको खेलकुदका सदस्य सचिव टंकलाल घिसिङ बताउँछन्। यतिसम्मको उमेरको खेलाडीलाई आफूले प्रत्यक्ष भेट्न पाउँदा निकै खुसी भएको बताए। यो जोश र जाँगर हेरेर आफूलाई अझ ऊर्जा मिलेको नेपाल मास्टर्स एथलिट एसोसिएसन का अध्यक्ष जी.एम दाई शर्मा सँग केही कुराकानी गरेका थिए। थाइल्यान्डमा प्रस्थान हुन लागेका खेलाडी टिमलाई अझ जोश जाँगर र ऊर्जा मिलोस् भनी अध्यक्ष जी.एम दाई शर्मा स्वयं राष्ट्रिय खेलकुद परिषद् पुगेका थिए। खेलमा भाग लिने खेलाडीहरूको उमेर समूह हेर्दा ४९ ,८४, ५९, ५४, ६४, ५९, ४४, ४९, यी उमेर समूहका खेलाडीहरूले लङ्ग जम्प जम्प ४०० मिटर दौड १५०० मिटर दौड ५००० मिटर दौड १०० मिटर दौड ज्याभलिन थ्राे २००,४०० मिटर दौड ५ हजार १५०० मिटर दौड ८०० १५०० मिटर दौडमा सहभागी लागि थाइल्यान्ड पुगेका छन्। यो उमेरमा पनि खेलमा यति धेरै प्रेम जुजारु जाँगर जोश देखेर राष्ट्रिय खेलकुद परिषद्का सचिव र उपाध्यक्ष चकित परेका थिए। २७ गते आइतबार खेलकुद परिषद्का सचिव उपाध्यक्षको हातबाट सम्मान स्वरूप बधाई विदाई थापी,२८ गते बेलुका ७ बजे थाइल्याण्ड प्रस्थान भएको हाे। नेपाल मास्टर एथेलीट एसोसिएसन लाई छोटो भाषामा भेट्टान्स बन्दो रहेछ। यहाँका अध्यक्ष जी.एम दाई शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सचिव टंकलाल घिसिङ उपाध्यक्ष ध्रुव आचार्य सँग निकै समय औपचारिक रूपमा अब केही स्थान प्राप्त हुनुपर्ने प्रस्ताव प्रस्तुत गरेको थियो। खेलाडीहरू थाइल्यान्डबाट एक हप्तामा फर्के लगत्तै अब आफ्नो स्थान औपचारिक रुपमा प्राप्त हुने अध्यक्ष जी.एम दाई शर्माले जानकारी दिए।