अहिले साँंझ नगदेशमा १२ वर्ष वन्द रहेको पुलुकिसी जात्रा हुने


2025-02-09 09:43:39

News Image

भक्तपुर, माघ २७ गते
भक्तपुरको मध्यपुर थिमि नगरपालिका नगदेशमा आज साँंझ पुलुकिसी जात्रा हुने भएको छ । विगत १२ वर्षदेखि बन्द रहेको ऐतिहासिक यो जात्रा स्थानीय जनताको अगुवाईमा यसवर्ष गर्ने भएको हो । 
स्वस्थानी ब्रत कथामा आधारित पुलुकिसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि बिगत १२ वर्षदेखि खर्च व्यवस्थापन गर्न नसकेर बन्द रहेको थियो । नगदेश लाय्कु दरवार समितिका सदस्य भाइजन बाडेले यस वर्ष धुमधामले पुलुकिसी जात्रा मनाउने तयारी भएको जनाए । 
काठमाडौ र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा गरिन्थ्यो भने नगदेशमा स्वस्थानी ब्रत कथाको आधारमा गरिदै आएको जनाइएको छ । माघ महिनाभर वाचन हुने स्वस्थानी ब्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा वाहुनपुत्र नवराजलाई छान्ने पद्कथालाई यस पुलुकिसी जात्राले जीवन्ता दिदै आएको जनाइएको छ । राजकुमार छनोट भएको खुसियालीमा भोजभटेर गर्दै नगदेशबासीहरुले यो जात्रा मनाउने गरेको स्थानीले बताए । विशेषगरी नगदेशका किसान, महर्जन समुदायले यो पर्व मनाउँदै आएको छ । यो पर्व मनाउदै सुयोग्य बरबधुको मनोकाक्षा राख्दै युवापिढीहरुले पनि ब्रत बस्ने परम्परा रहेको स्थानीयले बताए ।
हरेक वर्ष भीमाद्वादर्शीको दिन यो जात्रा देखाउने परम्परा रहेको छ । मध्यपुर थिमिका पूरानो बस्ती नगदेश, बोडे, चपाचो, दिव्यश्वरी, बालकुमारीसहितका बासिन्दाहरुले मात्रै विगतमा हेर्दै आएको यो जात्रा धेरै भन्दा धेरैले हेरियोस भन्दै नगदेश लाय्कु दरवार समितिले यस जात्राबारे प्रचारप्रसार पनि गर्न थालेको छ । 
यसवर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमार भएर जात्रा चलाउने छ । विगतमा राजकुमार बन्नेले नै सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेकाले जात्रा गर्न नसके बताइएको छ । समस्यालाई मध्यनजर गर्दै सामुहिक निर्णयमा यसवर्ष एलिस बाडेलाई राजकुमारको रुपमा प्रस्तुत गर्दै आज साँझ ४ बजेदेखि नगदेशको लाय्कुस्थित सिद्धि गणेश मन्दिर परिसरबाट पुलुकिसी जात्रा गर्ने आयोजक समितिको तयारी छ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *