रेडक्रस मध्यपुर थिमि उपशाखाद्धारा निःशुल्क स्वास्थ्य शिविर


माघ २६, २०८१, शनिबार | विहान १०:३४ बजे | 140


रेडक्रस मध्यपुर थिमि उपशाखाद्धारा निःशुल्क स्वास्थ्य शिविर

सागर गुरागाईं
मध्यपुर थिमि । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमिको २२ औं उपशाखा सभाको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम आयोजना गरियो । महिलाहरुको स्तन क्यान्सरको परिक्षण, बालबालिकाहरुको स्वास्थ्य परिक्षण एवं सबै उमेर समूहका महिला पुरुषहरुको स्वास्थ्य परिक्षणमा ७८ जनाले सेवा लिएको उपशाखाका सभापति बाबुकाजी साछें श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानिय बालकुमारी मन्दिर परिसरमा भएको उक्त स्वास्थ्य शिबिरमा धुलिखेल अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण पछि आवश्यकता अनुसार निःशुल्क औषधी वितरण गरिएको पनि उपसभाका सभापति श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य परिक्ष्(णमा डा.ईश्वर प्रजापति, डा. सौरभ चर्तुवेदी, डा. अभिष कुमार थापा, लक्ष्मी श्रेष्ठ, गुहेश्वरी थापा लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका थिए । भक्तपुर जिल्लाको पहिलो उपशाखाको रुपमा रहेको नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले समय समयमा रक्तदान निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना लगायतका कार्यक्रमहरु गर्दै आएको उपशाखाकी सदस्य शुशिला श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समयमा मानिसहरुमा उच्च रक्तचाप, स्तन क्यान्सर, रुघाखोकी, ज्वरो, निमोनिया लगायतका स्वास्थ्य समस्या बढेकोले स्थानिय बासिन्दालाई स्वास्थ्य परिक्षण मार्फत आवश्यक औषधि निःशुल्क प्रदान गरी स्वास्थ्य परार्मश प्रदान गरिएको नेरेसो मध्यपुर थिमि उपशाखाका सभापति बाबुकाजी साछें श्रेष्ठले जानकारी दिनुभयो ।
 

Comments