वार्षिकत्सवको उपलक्ष्यमा १०४ जनाले गरे रक्तदान 


2025-02-05 05:25:37

News Image

भक्तपुर । वागीश्वरी मा.वि.का. ६६ औं, वागीश्वरी कलेजको १७ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको दास्रो वार्षिकोत्सवको उपलक्ष्यमा माघ २२ गते विद्यालय प्राड्डगण, तुमचोमा रक्तदान कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थीहरु गरी कुल १०४ (पुरुष ७०  र महिला ३४) जनाले रक्तदान गरेको कुरा अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिक्षक मङ्गलेश्वर ध्वोजुले जानकारी दिनुभयो । 
गत वर्ष पनि मंसिर २० गते लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत  १०५ जनाले रक्तदान गरेका थिए ।
रक्तदाताहरुलाई वागीश्वारी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्य, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद श्रेष्ठ, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिलगायतले धन्यवाद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *