श्री सिद्धि गणेश द्योछें विकास समितिको अध्यक्षमा बीरेन्द्रभक्त


2025-02-01 11:09:22

News Image

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिको नगदेशस्थित श्री सिद्धि गणेश द्योछें विकास समितिको अध्यक्षमा बीरेन्द्रभक्त प्रधानाङ्ग चयन गरेका छन् । समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग र कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग चुनिए । सदस्यहरुमा उदय प्रधानाङ्ग, मनिषभक्त प्रधानाङ्ग र नविन प्रधानाङ्ग चुनिए । यस्तै पदेन सदस्यहरुमा मध्यपुर थिमि नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, प्रधानाङ्ग गुठीका राजनभक्त प्रधानाङ्ग र सिद्धिगणेश गुथिका सिद्धि गणेश द्यो गुथि रहेका छन् । 
शनिवार नगदेशमा भएको अधिवेशनमा प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग रहेका थिए भने विषेश अतिथिको रुपमा वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति थिए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *