लुम्विनीमा पाँंच सय कुलपुत्रहरुलाई श्रामणेर बनाइने ः के हो श्रामणेर भनेको ? 


2025-01-29 14:19:41

News Image

ललितपुर । बुद्ध जन्मभूमि नेपालको लुम्विनीमा देशभरका पाँंच सय जना कुलपुत्रहरुलाई प्रव्रजित गर्ने (श्रामणेर) बनाउने भएको छ । यही फागुन १४ गतेदेखि चैत्र ३ गतेसम्म कार्यक्रम हुनेछ । श्रमणेर भनेको भिक्षु हुनु पूर्वको रुप हो । 
बुद्ध जन्मभूमि नेपालमा सन् २०११ देखि अखिल नेपाल मिश्र महासंघ र थाई इंन्डिया–नेपाल धर्मदूतसगको सहकार्यमा वार्षिक रुपमा कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने गर्दै आएको छ । यस क्रममा यो वर्ष १९ दिन लगाएर ती चाहाना राख्ने देशभरका कुलपत्रहरुलाई श्रामणेर बनाउन लागिएको हो । 
श्रामणेर हुन चाहने जो पनि यसमा सहभागी हुन पाउँंछन्, बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भनियो, त्यसका लागि व्यक्ति र परिवारको मञ्जुरी हुनुपर्छ । श्रामणेर हुन चाहनेहरुले १९ दिनसम्म कार्यक्रममा सहभागी हुनुपर्ने जनाइयो । यसका लागि कपाल खौरने, श्रामणेर भएपछि चिवर (भिक्षुहरुले लगाउने वश्त्र अर्थात् लुगा) लगाउनुपर्ने हुन्छ । श्रामणेर बनेपछि पुनः गृहस्थी जीवनमा फर्कन सकिन्छ । साथै चाहना भए भिक्षु पनि बन्न सकिन्छ । त्यसका लागि चिवर लगाएर बौद्ध परम्परा अनुसार जीवनयापन गर्नुपर्छ । बौद्ध परम्परामा १२ बजेपछि अन्न खान पाइँंदैन । फलफूललगायतको झोल पदार्थ मात्रै खान पाइन्छ । साथै विहारमा बस्नुपर्छ । 
पत्रकार सम्मेलनमा भिक्षु महासंघका प्रतिनिधि भिक्षु पञ्चामूर्तिले श्रामणेर बन्न चाहनेले कुनै खर्च गर्न नपर्ने बताए । कार्यक्रमको क्रममा १९ दिनसम्म खान, वस्न, यातायात खर्च सफै आयोजकले नै व्यहोर्ने उनले स्पष्ट पारे । कार्यक्रममा प्रवज्या सामाजिक नेपालका अध्यक्ष एवं भिक्षु महासंघका कोषाध्यक्ष भिक्षु वोधीज्ञान महास्थवीरले देशविदेशका जुनै भुगोल, जात, भाषा, धर्म, उमेरका पुरुष (महिला होइन) श्रामणेर हुन सहभागी हुन पाउने जनाए । तर यो वर्ष सवैतिरबाट गरेर पाँच सय जनालाई मात्रै श्रामणेर बनाउने योजना रहेको उनले सुनाए ।
श्रामणेर मार्फत् बुद्ध शिक्षा जनमानसमा फैलाई सभ्य समाज निर्माणको उद्देश्यले कार्यक्रम आयोजना गर्दै आइरहेको कार्यक्रममा जनाइयो । 
कार्यक्रम सन् २०११ देखि गर्दै आएको जनाइयो । उक्त वर्ष एक सय ११ जनालाई श्रामणेर बनाइएको सम्मेलनमा जनाइयो । यो वीचमा एकवर्ष हजार एक सय १२ जना, अर्काे वर्ष एक सय ५० जना, अर्काे वर्ष एक हजार एक सय १९ जना, अर्काे वर्ष पाँंच सय जना, अर्का वर्ष एक हजार दुई सय ५० जनालाई गरी हालसम्म ६ वर्ष अर्थात् ६ पटक यस्तो कार्यक्रम सम्पन्न भइसकेको जनाइयो । यो वर्ष सातौ पटक यस्तो कार्यक्रम हुन लागेको जनाइयो ।  
कार्यक्रममा थाईल्याण्ड लगायत अन्य विभिन्न राष्ट्रहरुबाट प्रतिनिधि सहभागी हुने सम्मेलनमा जनाइयो । यसले गर्दा बौद्ध पर्यटकहरुको सख्या वृद्धि भै पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास सम्मेलनमा धम्मकाया फाउण्डेशनका निर्देशक एवं प्रवज्या सामाजिक नेपालका संयोजक थाइ धम्म भन्ते थावरोन (थाइल्यानी) ले बताए । सम्मेलनमा प्रवज्या सामाजिक नेपालका उपाध्यक्ष एवं कार्यक्रमका निर्देशक, लुम्विनी विकास कोषका कार्यकारी सदस्य, ललितपुरको पुल्चोकस्थित अक्षेश्वर महाविहारका अध्यक्ष राजेश शाक्यले सम्पूर्ण कार्यक्रमको बजेट दाताबाट चल्ने जनाए । सम्पूर्ण खर्च दाताबाट चल्ने भएकाले खर्च विवरण पछि मात्रै सार्वजनिक गरिने जानकारी उनले गराए । 
कार्यक्रमको व्यवस्थापन प्रव्रज्या सामाजिक नेपालले गर्ने जनाइयो ।  सहआयोजकको रुपमा थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षेश्वर महाविहार, हिरण्यवर्ण महाविहार, धम्मसाकच्छा संघ, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध नेपाल, बुद्ध समाज नेपाल, लुम्बिनी बौद्ध विश्वविद्यालय, नागवहाल टोल सुधार समिति, प्रोमिस ल्याण्डलगायतको रहने जनाइयो । सम्मेलनमा यो सवै संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा थिए ।
प्रव्रजित धामणेरहरुले यस अवधिभरमा शील ग्रहण गरी पालना गर्ने छन् र थाईल्याण्डबाट पाल्नुहुने अति श्रद्धेय भिक्षुज्यूको उपाध्यायत्वमा तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविरको उपस्थितिमा प्रव्रजित गराइने छन् । प्रव्रजितहरुले बुद्ध शिक्षाका आधारभूत शिक्षा थाहा पाउने छन् । विभिन्न धर्मगुरुहरुमार्फत गहन ध्यान अभ्यास गर्नेछन् । अल्पकालीन प्रव्रज्या भएकोले प्रव्रजित जीवनको स्वःअनुभव गर्नेछन् । साथै बुद्धकालीन समयमा भगवान बुद्ध शुद्धोदन महाराजाको निमन्त्रणामा बुद्ध भैसकेपछि प्रथम पटक कपिलवस्तु आगमन २० हजार भिक्षुहरु सहित पाल्नु भएको जस्तै धम्मयात्राको अनुभव पनि गर्नेछन् । यसरी विभिन्न कार्यक्रमहरुमा यसप्रति आस्थावान व्यक्तिहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागि भै पुण्य सञ्चय गर्ने अवसर पाउनेछन् । 
मुख्य कार्यक्रमहरुको विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया मार्फत् प्रशारण हुने भएकोले बुद्ध जन्मभूमि नेपालको प्रचार प्रसार विस्तृत रुपमा हुने आशा गरिएको छ । यस कार्यक्रममा सम्पूर्ण ईच्छुक महानुभावहरु सहभागी हुन सक्ने जनाइएको छ । सहभागी हुनको लागि सामाजिक प्रव्रज्या नेपालको सम्पर्क कार्यालय अक्षेश्वन महाविहारमा सम्पर्क राख्न सक्नुे जनाइयो ।
कार्यक्रम तालिका 
२०८१ माघ २ गते देखि फागुन १४ गतेसम्म पूर्वतयारी
फागुन १४ गते नाम दर्ता (अक्षेश्वर महाविहार, ललितपुर र लम्बिनी हल लुम्बिनीमा)
फागुन १६ गते कपाल खौरने (केशच्छेदन) (नागबहाल ललितपुरमा तथा लुम्बिनी प्रस्थान
फागुन २० गते प्रव्रज्या समारोह बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा
फागुन २२ गते लुम्बिनी परिसरमा भिक्षाटन
फागुन २४ गते दीप प्रज्ज्वलन बुद्ध जन्मभूमि लुम्बिनी उद्यान, नेपालको राष्ट्रिय झण्डातोलन
चैत्र २ गते देवदह, बुटवल र रामग्राममा धम्मयात्रा (बिहान)
चैत्र २ गते धम्मयात्रा लुम्बिनी गेट, भैरहवामा (दिउँसो)
चैत्र ३ गते प्रमाणपत्र वितरण
चैत्र ४ र ५ गते गृहनगरमा भिक्षाटन
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *