चाँगुनारायण -१ मा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने


माघ १३, २०८१, आइतबार | विहान ११:५४ बजे | 150


चाँगुनारायण -१ मा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने

भक्तपुर । २८६१ डुल ( सापुखृी/सर्प बर्ष ) सोनाम ल्होछारको अबसरमा हयाङला तामाङ समाज चाँगुनारायणको आयोजनामा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम - २०८१ नेपाल इन्जिनियरिङ कलेजको खेलमैदानमा माघ १६ गते हुने भएको छ। समाजका अध्यक्ष कान्छाराम तामाङका अनुसार तामाङका अनुसार तामाङ समुदायले मनाउने ल्होछारको विशेष अबसर पारी शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभएको छ।साथै तामाङले कार्यक्रममा सहभागिताको लागि जिल्लाबासी तथा आसपासका नागरिकलाई अनुरोध गर्नु भएको छ। कार्यक्रममा गायक आर. बि.सिङ्तान, चर्चित हाँश्यकलाकार कुईसाङ रुम्ब, गायक प्रबिन्स मोक्तन, उत्सब सुब्बा लामा, सुस्मिता कटवालकाे साथमा स्थानीय कलाकारहरूको विशेष प्रस्तुती रहने र कार्यक्रमको उद्द्घाटन बाग्मती प्रदेश सभाका सदस्य तथा पुर्ब खानेपानी मन्त्री माननिय तिर्थ बहादुर लामाले गरिने जानकारी सचिब ओम कुमार बोम्जनले गर्नु भएको छ।

Comments

ताजा खबर