६ महिने तबला तथा हार्मोनियम प्रशिक्षण समापन


2025-01-25 12:53:05

News Image

६ महिने तबला तथा हार्मोनियम प्रशिक्षण समापन तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भक्तपुर, माघ ११ । ज्ञानकुञ्ज टोल सुधार समिति द्वारा ६ महिना अघि देखि शुरु गरेको नि:शुल्क तबला एवं हार्मोनियम प्रशिक्षण कार्यक्रम एक समारोहबीच समापन तथा धन्यबाद जापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि- भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले २१औ शताब्दीमा भजनले मिलिजुली बस्ने, एक आपसमा सहयोगको भावना जगेर्ना गर्ने खालको सन्देश दिन सके समाज र देशको निम्ति पनि अनुकरणीय हुने कुरा बताउनुभयो । एक अर्को प्रसङगमा उहाँले संस्कृति विना सायद जीवन नै खल्लो हुन सक्ने बुझाई विज्ञहरूको रहेको र संगीतलाई समय सापेक्ष बनाई लान सके डिप्रेशन रोगको कुनै चार विधिमध्ये एक भजन विधि पनि हुनसक्ने भन्नुभयो । हार्मोनियम प्रशिक्षक एवं कार्यक्रमका अतिथि अतिथि सुरेन्द्र प्रसाद दुवालले लेखक एवं साहित्यकारहरूले समाजको अध्ययन गरी समाजको अधिकांस जनताले भोगिरहेको दु:ख कष्ट संगीत मार्फत दिनुपर्ने बताउनुभयो अर्का तबला प्रशिक्षक हरिशंकर कुलजूले प्रशिक्षणको सफलताले प्रशिक्षार्थीहरूको चाहना पूरा भएको देखिएता पनि यो सुरुवात भएको सम्झि अझ प्रगतिको लागि नियमित अभ्यास आवश्यकता पर्ने बताउनुभयो । ज्ञानकुञ्ज टोल सुधार समितिका सचिव केशर पुडासैनीले स्वागत मन्तव्य दिनुहुदै टोलबासी दाजुभाइको आर्थिक, नैतिक एवं भौतिक सहयोग जहिले पनि आवश्यक रहिरहने भएको र साथ र सहयोगले दृढ इच्छाशक्तिका साथ समाजप्रति जिम्मेवार भएर अगाडी बढन सकिरहेको कुरा बताउनुभयो । कार्यक्रम सभापति कृष्ण प्रसाद दुमरुले ६ महिनाको गर्भमा रहि जन्मिन सफल यस ज्ञानकुञ्ज जलेश्वर भजन खलको संरक्षक ज्ञानकुञ्ज टोल सुधार समिति रहनुका साथै खल:का सम्पुर्ण सदस्यहरू समाजमा रहेका विकृति, भेद्‌भाव, अन्धविश्वासमा नलागि सचेत रहनुपर्ने र समाजसेवामा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमा टोलसुधार समितिका सदस्य एवं हार्मोनियम प्रशिक्षार्थी मैया वयंजू, राजन कोजू र जेविन त्वातीले पनि बोल्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि एवं भक्तपुर नगरपालीकाका उप-प्रमुख जोशीले सहभागी प्रशिक्षक, प्रशिक्षार्थि एवं कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई प्रमाण-पत्र एवं धन्यवाद पत्र वितरण गर्नुभएको थियो ।

 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *