स्यूचटार कंलकीमा धार्मिक ज्ञान महायज्ञ २०८१ हुने
प्रताप राना मगर
काठमाडौँ
धार्मिक सांस्कृतिक पर्यटन महोत्सव २०८१—श्रीमद्भागवत,शिवमहापुराण एवं अखण्ड रामायण ज्ञान महायज्ञ फागुन ४ देखि १४ गते सम्म नागार्जुन ९ र १० स्यूचार प्रधुन्न शालिक चोकमा हुन गईरहेको छ । आयोजक प्राकृतिक राजयोग ध्यान केन्द्र नेपाल, श्री विश्व शान्ति फाउण्डेशन नेपाल श्री स्वामिनारायण सेवा संस्था नेपालद्घारा आयोजना हुन गई रहेको कार्यक्रममा योग ध्यान, आध्यात्मिक शिक्षा आजको आवश्यकता भन्ने मूल ज्ञान सबैमा अमृतपान गराउने उद्देश्य राखिएको मूल समारोह समितिका अध्यक्ष श्री प्रदिप गौतमजीले बताउनु भएको छ । यस माहायज्ञमा व्यासचार्य पं.श्री वासुदेव घिमिरेज्यू शिवपुराण वाचक पं.श्री गोकर्ण खनालज्यू श्री भागवत् वाचक आचार्य पं.श्री गोविन्द दाहालज्यू, साथै आर्चाय पं.श्री उज्जल दवाडीज्यू, श्री रामायण कथा वाचक पं.श्री अनिल शर्माज्यमू(राजस्थान भारत) को मुखारविन्दबाट वाचित हुने कथा अमृतपानका लागि हार्दिक निमन्त्रणा गरिएको छ । आजको परिपे्रक्षमा तनाव व्यबस्थापन गर्न योग ध्यान र नैतिक शिक्षाको लागि हरेक शैक्षिक संस्थामा अतिरिक्त आध्यात्मिक शिक्षा विषय पनि समावेश गर्नु पर्ने,शिक्षा निति लागु गर्ने र योग ध्यान भवन निमार्ण एवं ११ अवतारको शिवलिङ्ग स्थापना गर्ने उद्देश्यका साथ आयोजित यस पावन कार्यक्रममा पुण्यलाभका लागि गरिमामय उपस्थितिका लागि सबै श्रद्घालु माहानुभावहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ ।