शुसान्त केसीले भक्तपुर हल्लाउने
भक्तपुर । आइतबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुरको सल्लाघारी मैदानमा गाएक शुसान्त केसीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गतेका दिन शनिबार प्रस्तुति दिन लागेको बताएका छ्न् । गाएक केसीले साढे २ वर्षपछि आउँदो फागुनको अन्त्यमा काठमाडौंमा उनको स्वर गुञ्जिने पक्का भएको हो । उक्त कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’ भनेर राखिएको छ । भक्तपुरको सल्लाघारी चौरमा गर्न लागिएको कन्सर्टमा आफूले एक नयाँ गीत रिलिज गर्ने समेत उनले घोषणा गरेका छन । ‘दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनुहुनेछ’ उनले भने, ‘यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरेको सम्मेलनमा उनले बताए । उक्त कन्सर्टमा सुशान्तले आफ्ना हिट गीतहरू बार्दली, सारंगी, साथी, आमा, उड उडीजस्ता गीत गाउने भएका छन् । केही समय अघि मात्र उनले अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा कन्सर्ट गरेर आएका उनको स्वर अब भक्तपुर कन्सर्टमा गुन्जिने पक्का भएसंगै फ्यानमाझ उत्साह बढेको छ । भक्तपुर कन्सर्टमा सुशान्तको १५ हजार दर्शकहरु उक्त कन्सर्ट मा सहभागि हुने अपेक्षा आयोजकले गरेको बताएको छ । कन्सर्टका लागि दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्ने बताइएको छ । टिकट मूल्य साधारणको ९९० रुपैयाँ तोकिएको छ भने, फ्यानपिटको १४९९ रुपैयाँ र भीआइपीतर्फको २४९९ रुपैयाँ तय गरिएको खल्तीले बताएको छ ।