तीन महिने "बुद्ध शिक्षा आधारभूत कक्षा शुरू
शनिबारदेखि मुनि विहार भक्तपुरमा प्रत्येक शनिबार बिहान ७:०० बजे देखि ९:३० सम्म विभिन्न भिक्षु, गुरूमा, बौद्ध विद्वानहरू बाट हुने तीन महिने "बुद्ध शिक्षा आधारभूत कक्षा"को शुरू दिनमा "अभिमुखिकरण तालिम" सम्पन्न भयो । अखिल नेपाल भिक्षु महासंका अध्यक्ष श्रद्धेय भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थविरज्यूको प्रमुख आतिथ्यतामा भएको उहाँले बुद्ध शिक्षा सबैलाई आवस्यक भएको बताउनु भयो । भक्तपुर नगरपालिकाका वडाध्यक्ष उकेश कवांले बुद्ध शिक्षा विज्ञानसंग नजिक भएको बताउनु भयो । त्यस्तै बौद्ध जीवनीकार रत्नसुन्दर शाक्य, बौद्ध दर्शन अध्ययन समाजका उद्धव सुजखु, मुनि विहारका सहसचिव शिवबाला लगायते बुद्ध शिक्षा आवस्यकता बारे विचार व्यक्त गर्नु भयो । कार्यक्रम मुनि विहारका उपाध्यक्ष विकाशराज बज्राचार्यको सभापतित्वमा संयोजक तुलसीकाजी मानन्धरले स्वागत मन्तव्य दिनुभयो भने सभापति विकाशराज बज्राचार्यले दिनु भयो ।