बृहत् खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना


माघ १, २०८१, मङ्गलबार | विहान ०७:२१ बजे | 5


बृहत् खुल्ला  रक्तदान कार्यक्रमकाे आयाेजना

जिल्लामा देखिएकाे रगतकाे अभावलाई केही हदसम्म भए पनि कमि गर्ने उद्देश्यले आज श्री युवक पुस्तकालय नगदेशले ३० औं बृहत् खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । रगत तथा रक्तदान सम्बन्धि ब्यापक जनचेतना जगाउने अभिप्रायले समेत आयाेजित उक्त कार्यक्रमलाई भक्तपुर रक्त सञ्चार केन्द्रकाे प्राविधिक सहयाेग गरेकाे थियाे । नगदेशस्थित त्वा:गा: टाेलमा बिगत ३० बर्षदेखि नियमित रूपमा प्रत्येक माघ १ गते आयाेजना हुँदै आईरहेकाे उक्त कार्यक्रममा ६ महिलासहित ३० जना खुल्ला रक्तदान गरेकाे आयाेजक पुस्तकालयका सचिव हरिकृष्ण कालुले जानकारी दिनुभएकाे छ । साेहि कार्यक्रममा रक्तदाता महानुभावहरूलाई प्रशंसा पत्र समेत बितरण गरेकाे थियाे ।

Comments