भक्तपुर नगरस्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न ः उत्कृष्टहरु पुरस्कृत
पुष २७, २०८१, शनिबार | दिउँसो १२:३३ बजे | 50
भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा भएको “भक्तपुर नगरस्तरीय टेबल टेनिस प्रतियोगिता–२०८१ को फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले भक्तपुर नगर शिक्षा, स्वास्थ्य, सांस्कृतिक, पर्यटन तथा अन्य विविध क्षेत्रमा परिचित रहेकोमा आगामी दिनहरुमा खेलकुद क्षेत्रमा पनि उतिकै विकास गर्दै विश्वभरी परिचित गर्न कदमहरु चाल्ने कुरा बताउनु भयो । भक्तपुरमा खेलकुद क्षेत्रमा विकासका लागि भौतिक पूर्वधारको विकास क्रमिक रुपमा सुधार गर्दै लैजाने विश्वास व्यक्त गर्दै हामी आफैले पनि खेलकुदको विकासका लागि अपनत्वकासाथ आवश्यक सहयोग गरी योगदान दिनुपर्ने कुरामा जोडदिनु भयो । भक्तपुर नगरपालिकाले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्दै आएको र यस बर्ष पनि सोहि अनुसार अन्तर नगरस्तरिय खेलकुद प्रतियोगीता गर्न लागेको जानकारी दिनुभयो । सहकारीहरुबाट पनि नगरस्तरी खेलकुद आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुको निरन्तरको शुभकामना व्यक्त गनुभयो । अखिल नेपाल टेबुल टेनिस संघका सदस्य तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी महासंघका महासचिव शिव सुन्दर गोथेले कुनै पनि खेलकुदको विकासका लागि पुर्वधारहरुको पर्याप्त व्यवस्था हुनु पर्ने कुरालाई औल्याउदै सबै संघ, संस्था र विद्यालयहरुबाट निरन्तर रुपमा खेलकुद प्रतियोगिता आयोजना भएमा खेलाडीहरुलाई हौसला प्रदान हुने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी तयार हुने कुरा बताउनु भयो । भक्तपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजाले संघबाट टेबल टेनिस क्षेत्रको विकासका लागि गर्दै आएका विविध गतिविधिहरुका बारेमा जानकारी दिनुभयो । संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तिय कारोबारका अलावा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै समाज विकासको लागि योगदान दिनुपर्ने औल्याउनु भयो । संस्थाले बार्षिक रुपमा तालिम, भ्रमणका साथै विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्दै आएको जानकारी दिनुभयो । युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त समापन कार्यक्रममा इन्द्रभक्त पंचले पनि बोल्नु भएको थियो । पा“च वटा विभिन्न विधाहरुको क्वाटर फाइन, सेमी फाइनल तथा फाइनल खेलहरुबाट प्रतियोगितामा द्ययथकु क्ष्लनभिक ९ग्उतय ऋबिकक ठ० मा प्रोक्सिमा इन्टरनेशनलका नयन लालुवा, प्रभात इ.स्कुलका सफल सुवाल, लनर्स एकेडेमीका प्रत्युश शिल्पकार र प्रोक्सिमा इन्टरनेशनलका अरबीत गाइजु क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै न्ष्चकिु क्ष्लनभिक ९ग्उतय ऋबिकक ज्ञण्० प्रभात इ.स्कुलका उरबी सुवाल, रेश्ना कोजु, श्रोणा बासुकला र सेफिना कोजु क्रमशः प्रथम, द्धितीय र तृतीय हुन सफल भएका छन् । द्ययथकु क्ष्लनभिक ९ऋबिकक ड तय ज्ञण्० मा द राइजिड्ड इ.स्कुलका निशान रन्जितकार, ओजिन सुवाल, दिपेश सुवाल र एभरेष्ट इ.स्कुलका निरल बासुकला क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । ःभलुक क्ष्लनभिक ९ऋयििभनभ ीभखभ०ि मा सिद्धि गणेश साकोसका रजोज मान थकु, भिन्तुना साकोसका सृजल सुवाल, न्युनिश सुवाल र लशकुश साकोसका रोशन आचार्य क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । ःबकतभचु क्ष्लनभि मा थी थी उपभोक्ता सहकारीका सुबोध जोन्छे, होटल सेन्ट्रल भक्तपुरका जीवन गोसाई, कृष्णगोविन्द शिल्पकार र लोकेश्वर साकोसका लक्ष्मण खुसु क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । साथै प्रतियोगितबाट हिमालयन ग्लोरी इ.स्कुलका आर्यन सुवाल र बरदायणी आधारभुत विद्यालयका संगीता रानामगर उदयीमान खेलाडी घोषणा गरियो । विजयी खेलाडीहरुलाई प्रमाण–पत्र, शिल्ड, मेडल तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।