‘खल्ती कोङ्बरी’ सार्वजनिक


2025-01-03 16:02:54

News Image

तामाङ संगीतप्रेमीहरूमाझ प्रतिक्षित गीत ‘खल्ती कोङ्बरी’ सार्वजनिक भएको छ। गीतमा शब्द कुमार स्याङ्बाको रहेको छ भने संगीत प्रयास तामाङले तयार गरेका छन्। यो गीतमा स्वर प्रकाश वाइवा र कमला दोङले दिएका छन्। एरेञ्ज सानुबाबु घिसिङले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्। ‘खल्ती कोङ्बरी’ प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले तामाङ समुदायको मौलिकता झल्काउँदै सबैलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखेको छ। सार्वजनिक गरिएको म्युजिक भिडियोमा आकर्षक प्रस्तुति रहेको छ। गीतले संगीतप्रेमीहरूलाई तामाङ भाकामा रमाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *