बागीश्वरी स्कुलमा झ्व भ्वय् कार्यक्रमको आयोजना
पुष १९, २०८१, शुक्रबार | विहान १०:४४ बजे | 115
भक्तपुर । वागीश्वरी मा वि कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत झ्व भ्वय् कार्यक्रम सम्पन्न शुक्रबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाद्वारा लागु गरिएको कक्षा ८ को ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत भक्तपुरकै विशिष्ट पहिचान भएको झ्व भ्वय्को बारेमा जानकारी दिने उद्देश्यले प्रयोगात्मक शिक्षण अभ्यासअन्तर्गत उक्त कार्यक्रम कमलविनायकस्थित यातु गणेश परिसरमा आयोजना गरेको हो । कक्षा ८ का करिब ३५० जना विद्यार्थीहरु र शिक्षकशिक्षिका गरी करिब ५०० जना सहभागी रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य सिर्जना संैजूले हामीले जे खान्छौं त्यो हाम्रो सभ्यता रहेको र वर्तमान समयमा मानव सभ्यताको अध्ययन उनीहरुको भूगोगका साथै उनीहरुको खानपानबाट पनि भइरहेका जानकारी दिनुभयो । ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत रहेर झ्व भ्वय् हाम्रो पुर्खाले सृजना गरेको अमूर्त सभ्यतामध्ये एक रहेको बताउ“दै उहा“ले नेवार समूदायकोे सुख र दुःख दुवै अवस्थामा खाने झ्व भ्वय् संस्कार रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाका ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत रहेर आयोजना गरेको झ्व भ्वय् कार्यक्रमले नया“ पुस्तालाई भक्तपुरको झ्व भ्वय्को संस्कार र संस्कृतिबारे जानकारी दिने बताउनुभयो । विद्यार्थी अवस्थामा सिकेका ज्ञान, सिप जिवनमा संस्कारका रुपमा रहिरहने हु“दा यस्ता कार्यक्रमको आयोजनाले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले ख्वपको पहिचानका ८ वटा परियोजना मध्ये कक्षा ८मा अध्ययन गरिने पाठ्यक्रम अन्तर्गतको झ्व भ्वय् कार्यक्रम विद्यार्थीहरु स्वयमले अगुवाइ गर्दा शिक्षा संगै श्रम र जिम्मेवारीले विद्यार्थीहरु थप सर्वल हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थी जिवनमा सक्रिय भएर अतिरिक्त गतिविधिमा भाग लिदा“ जिवनमा सफल भएको उदाहरण धेरै रहेको बताउनुभयो । कक्षा ८ का सम्पूर्ण विद्यार्थीहरू आफैले अगुवाइ गर्दै स्वय्मबारे जानकारी लिन यो झ्व भ्वय्को आयोजना गरेकोमा ख्वपको पहिचान पढाउने शिक्षकहरू विद्यार्थीहरूलगायत अन्य सहयोगी शिक्षक कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । कक्षा ८ का विद्यार्थी तथा विद्यार्थी हित समिति अन्तर्गत वागीश्वरी एकाई समितिका अध्यक्ष रेजा ज्याख्वको सभापतित्वमा सम्पन्न झ्व भ्वय् कार्यक्रममा तिलागुफा नपा वडा नं ४ का वडाध्यक्ष अड्गराज शाही, धनेशराज राजोपाध्याय र कक्षा ८ की विद्यार्थी निशा थापाले पनि बोल्नुभयो ।