दोश्रो जेष्ठ नागरिक कसिमला पाँंय् प्रतियोगिता हुने
पुष १७, २०८१, बुधबार | विहान ०३:२३ बजे | 125
भक्तपुर । भक्तपुर जिल्लाव्यापी दोश्रो जेष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने भएको छ । पुस २७ गते शनिबार बाकुपति चाँंगुनारायण मन्दिर परिसर तौलाछें ९ भक्तपुरमा प्रतियोगिता हुने भएको हो । प्रगति सामुदायिक सिकाई केन्द्र तौलाछें ९ सूर्यमढी भक्तपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भाग लिन चाहनुहुनेहरुले पुस २५ गते विहीबारभित्र नाम दर्ता गराइसक्नुपर्ने जनाइएको छ ।