एमाले भक्तपुर नगरद्धारा रक्तदान ः ३३ जनाले दिए रगत


पुष १५, २०८१, सोमबार | विहान ०८:४९ बजे | 55


एमाले भक्तपुर नगरद्धारा रक्तदान ः ३३ जनाले दिए रगत

रामचन्द्र प्रजापति भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर नगर कमिटीको आयोजनामा र नेपाल कम्युनिष्ट पार्टी एमाले २ नं वडा कमिटीको व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नं २ व्यासी टुरिष्ट बसपार्कमा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिट्व्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज पूर्वमन्त्री महेश बस्नेतले रक्तव्याग हस्तान्तरण गरेर उदघाटन गरेपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा महिला र पुरुष समेत गरी ३३ जनाले रक्तदान गरेको नेकपा एमाले भक्तपुर नगर अध्यक्ष मदन द्यौलाले जानकारी दिनुभयो। अमुल्य रक्तदान गरी कार्यक्रममा सरिक भइ मनवीय सेवा गर्ने रक्तदाताहरुलाई प्रमुख अतिथिले प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । अतिथिहरु नेकपा एमाले केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १ का इन्चार्ज सोमप्रसाद मिश्र, नेकपा एमाले केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं २ का इन्चार्ज निर्मलकुमार भट्टराई, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं पूर्व बागमती प्रदेशमन्त्री सरस्वती बाटी, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजा, नेकपा एमाले बागमती प्रदेश सदस्य मिलन सुवाल, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १ का संयोजक शिवराम तिमिल्सिना, जिल्ला कमिटी सचिवालय सदस्य रन्जु नापित, जिल्ला कमिटी सदस्यहरु रुपक रंजित, सागर द्यौला, नरेश दुवाल, राजाराम सुवाल, नगर अध्यक्ष मदन द्यौला, उपाध्यक्ष रामचन्द्र प्रजापति, सचिव महेश मुनकर्मी, उप सचिव अनन्त बैद्य, उप सचिव रमिता आन्जख्या लगायतको अतिथ्थतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments