- Post Date 2020-12-15 19:29:49

काठमाडौं । झन्डै ९ महिनापछि पशुपतिनाथ मन्दिर खोलिने भएको छ।पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन थापाका अनुसार बुधबारदेखि हरेक दिन बिहान ६ देखि अपराह्न २ बजेसम्म मात्र मन्दिर प्रवेश गर्न पाइने छ।
कोरोना महामारीका कारण चैत ११ गते लकडाउन जारी भएपछि पशुपतिनाथ मन्दिर पनि बन्द भएको थियो। स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य मापदण्ड अनुरूप नै मन्दिर खोल्ने निर्णय भएको थापाले बताए। मन्दिर प्रवेशका लागि भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ, मास्कबिना मन्दिर प्रवेशमा रोक लगाइनेछ।
पश्चिम गेटबाट मात्र पशुपति क्षेत्र र मन्दिर प्रवेश गर्न पाइनेछ। ‘गेटमा ज्वरो नाप्ने थर्मगन र स्यानिटाइजरको व्यवस्था गरिसकेका छौं,’ उनले भने, ‘भक्तजनबीच दुर्ई मिटर दूरी कायम गरी प्रवेश गराइनेछ।’
...
All Comments.......
Please Login/Register To Comments