हरित निर्माण सामग्री र उद्यमशीलताबारे प्रेरणादायी सत्र
पुष ५, २०८१, शुक्रबार | विहान ०३:२१ बजे | 90
एभरेस्ट इन्जिनियरिङ कलेजले नियमित रुपमा प्रत्येक हप्ता बिहीबारको दिन विभिन्न प्रविधिका विषयमा छलफल र अन्तरक्रिया गर्दै आइरहेको छ । हरित निर्माण सामग्रीमा उद्यमशीलता विषयमा एक प्रेरणादायी सत्रको आयोजना गर्यो, जसमा प्रमुख वक्ता इन्जिनियर कृष्ण भक्त दुवाल हुनुहुन्थ्यो।
इन्जिनियर दुवालले आफ्नो उद्यमशीलताको यात्राको बारेमा जानकारी गराउँदै आफ्नो अनुसन्धान, उत्पादका प्राविधिक पक्षहरू, र नवीन प्रविधिहरू अपनाउँदा आउने चुनौतीहरूको बारेमा पार गर्नुभएको अनुभवबारे जानकारी दिनुभयो। प्रस्तुतिपछि एउटा रोचक अन्तर्क्रिया समेत सम्पन्न भयो, जसमा इन्जिनियर दुवालले विद्यार्थीहरूको जिज्ञासालाई सम्बोधन गर्दै व्यावहारिक र महत्वपूर्ण उत्तर दिनुभयो। नेपालमा ईको प्यानलको उपयोगिता र सम्भावनाहरुको लगायत हरित निर्माण सामाग्रीहरुको प्राविधिक पक्ष समेत प्रस्तुतीकरणमा राखिएको थियो ।
सत्रका मुख्य बुँदाहरू:
हरित निर्माण सामग्रीको सम्भावना र फाइदाहरू।
नेपालको सन्दर्भमा उद्यमशीलताको अवसरहरू।
परम्परागत अभ्यासमा नवीन प्रविधि समावेश गर्दा आउने चुनौतीहरू र समाधानहरू।
यस सत्रले उद्यमशील भूमिकामा करियर बनाउने चाहना राख्ने धेरै विद्यार्थीहरूलाई प्रेरित गर्यो र दिगो विकासको गतिशील क्षेत्रमा अघि बढ्न मार्गचित्र प्रदान गर्यो।
कार्यक्रमलाई सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओलीले सुमधुर बनाउन सहजीकरण गर्नुभयो भने प्रिन्सिपल बिरोध रिजालले सिभिल इन्जिनियरहरूलाई आधुनिक सूचना प्रविधिको उपयोगले कसरी सक्षम बनाउन सक्छ भन्ने विषयमा महत्वपूर्ण सुझाव दिनुभयो।