भक्तपुर महोत्सव ः मुनि विहारमा भीड


पुष २, २०८१, मङ्गलबार | विहान ०२:५९ बजे | 70


भक्तपुर महोत्सव ः मुनि विहारमा भीड

भक्तपुर । भक्तपुर महोत्सव २०८१ को क्रममा मुनि विहार इनाचो भक्तपुरलाई पनि पदमार्गमा राखिएपछि पुग्नेहरुको लक्सर लागेको छ । महोत्सव हेर्न आउने स्वदेशी तथा विदेशी पाहुनाहरु मुनि विहार पुग्ने गरेका छन् । 
महोत्सवको पदमार्गमा रहेपछि पाहुनाहरुलाई स्वागत गर्न त्यहाँं विशेष व्यवस्था गरिएको छ । ठुले बुद्धको मूर्तिलाई स्टेज बनाएर राखिएको छ । दर्शन गर्नका लागि त्यहाँं विशेष व्यवस्था मिलाइएको हो । आउने पाहुनाहरुलाई केही जिज्ञासा भए विहारका मुख्य विपस्वी भन्टेबाट जानकारी दिने व्यवस्थासहित छ । साथै जानकरी लिन चाहनेहरुका लागि लहरै मेच राखेर वस्ने सुविधा पनि त्यहाँं उपलव्ध छ । महोत्सव आज सकिंदैछ । 

Comments