आज भक्तपुर उठाउन रामकृष्ण दुवाल महेश्वरी आउने
2024-12-16 03:29:33
भक्तपुर । आज पुष १ गते सोमबार वरिष्ठ गायक तथा संगीतकार रामकृष्ण दुवाल (गाउँगाउँबाट उठ ...... का सर्जक ) भक्तपुर आउने भएका छन् । भक्तपुर महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा नं ७ महेश्व्री खेल मैदान हनुमानघाटमा उनी आउने भएका हुन् । उनका साथमा सोमबार लोक गायक कमल बिसी, नारायण राजथला, सुवास महत, गायिका सबिना दाहाल, लोक गायक मिनबहादुर बिकको साथमा आकर्षक नृत्यहरु प्रस्तुत हुने जनाइएको छ ।
प्रतिक्रिया