मुनि विहार भक्तपुरमा रत्नज्योति महास्थविरज्यूको सालिक अनावरण
2024-12-14 08:39:34
मुनि विहार भक्तपुरमा नेपालमा बुद्धधर्म पुनः उत्थानमा योगदान पुर्याउनु भएकाहरू मध्य पुजनिय भिक्षु रत्नज्योति महास्थविरज्यूको ६ फीतको पूर्णकदको सालिक अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु फ्राखु विशाल धम्मसोभन महास्विरज्यूले सालिक अनावरण गर्नुभयो ।
प्रमुख अतिथिले तत्कालीन अवस्थामा बुद्ध भूमि देशबाटै भिक्षुहरूलाई निकाला गर्नु दुखद् भएको कुरा बताउनु भयो । नेपालमा तत्कालीन राणा सरकारले बुद्धको शिक्षा प्रचारप्रसार गरेको आरोपमा बि.सं. २००१ सालमा ८ जना भिक्षु श्रामणेरलाई देश निकाला गरेको थियोे । ती निकाला गरेकोमा भिक्षु रत्नज्योति पनि हो । उहाँले मुनि विहार उत्थान लगायत धुलिखेलको पूर्वाराम विहार,चापागाउँको ज्योति विहार विहारको स्थापना गर्नुभएको कुरा मुनि विहार प्रमुख श्रद्धेय भिक्षु विपस्सीधम्मोरामो महास्थविरज्यूले बताउनुभयो । कार्यक्रममा बुद्धपुजा, परित्राण पाठ गरिएको थियो ।
प्रतिक्रिया