य:मरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने
2024-12-13 11:54:39
य:मरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८१ हुने भएको हो ।
भक्तपुर-५ साकोथास्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालयमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने कार्यक्रम आयोजकको तर्फबाट सन्चालक नविन्द्र कर्माचार्य र लक्ष्मण पलिखेलले जानकारी दिएको छ । एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको आयोजकले बताएको छ ।
योमरी पून्हीको दिन दिउँसो १ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया