भक्तपुर महोत्सव ः ख्वपमा शैक्षिक प्रदर्शनी


मंसिर २७, २०८१, बिहीबार | विहान ०४:३३ बजे | 100


भक्तपुर महोत्सव ः ख्वपमा शैक्षिक प्रदर्शनी

भक्तपुर । भक्तपुर महोत्सवको क्रममा ख्वप कलेज देकोचा भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ । प्रदर्शनी महोत्सव अवधिभर हुनेछ । प्रत्येक दिन विहान १० बजेदेखि ५ बजेसम्म प्रदर्शनी हुने जनाइएको छ । 
महोत्सवको क्रममा शिक्षा क्षेत्रको जिम्म लिंदै कलेजले प्रदर्शनीको जिम्मेबारी लिएको हो । प्रदर्शनी ख्वप मावि, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ ल को संयुक्त आयोजनामा हुन लागेको हो । प्रदर्शनीमा कलेज तथा कलेज बाहिरका विभिन्न स्कुल कलेजहरुका स्टलहरु पनि रहने जनाइएको छ । 
कलेजका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठले महोत्सवको क्रममा हुने शैक्षिक प्रदर्शनीबाट विदेशी तथा अन्तरिक पर्यटकलाई कलेज प्रवेश गराउने अवसर रहेको बताए । धेरै मानिसहरु अन्य बेला कलेज भ्रमणकै लागि भक्तपुर नआउने तर महोत्सवमा आएको बेला कलेज भ्रमण गराउने योजना रहेको उनले सुनाए । 

Comments