टेलिसिरियल ‘मनको बाँध’ प्रशारण हुँदै
मंसीर २६, केके मानन्धर ।
नेपाली धाराबाहिक नाटक श्रृङखला मनको बाँध प्रशारण हुने भएको छ । फोकस पिक्चर्स प्रालिले निर्माण गरेको धाराबाहिक नाटक श्रृङखला फोकस पिक्चर्स युट्यूब च्यानलमार्फत नियमित रुपमा प्रशारण आरम्भ हुनलागेको हो ।
नेपाली पारिवारिक परिवेशमा समर्पणभाव, फरक समाजभित्रको प्रेमकथा र मन भित्रको भावनालाई व्यक्त नगर्दा आइपर्ने समस्या र भोगाइ चित्रण गरिएको नाटक श्रृङखलाको पहिलो भाग २०८१ मंसीर २७ गते बिहीबार बेलुकी ७ः०० बजे प्रशारण हुने निर्देशक प्रदीप खड्गीले बताउनुभएको छ । यसअघि निर्देशक खड्गीले नेपाली ऐतिहासिक कथाबस्तुमा आधारित चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, थ्रिलर फिल्म अपीच्य, बहुभाषी नेपाली चलचित्र हिमआँधी लगायत निर्देशन गरिसक्नुभएको छ । खड्गी अध्यक्ष रहेको फोकस पिक्चर्सको व्यानरमा थुप्रै म्यूजिक भिडियो, भिडियो डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् ।
मनको बाँध धाराबाहिक नाटक श्रृङखलाको विषयमा थप जानकारीः
नेपाली टेलिसिरियल ‘मनको बाँध’
निर्माण ः फोकस पिक्चर्स प्रा.लि.
निर्देशक ः प्रदीप खड्गी
क्रियटिभ डाइरेक्टर ः सन्तोष के सी
कार्यकारी डाइरेक्टर ः आशिष शाही
प्रोड्युसर ः सन्नी शाही
सञ्चार संयोजक ः केके मानन्धर
कथाकार ः दिवस खड्का ।
कलाकारहरु ः श्रेया कर्माचार्य, दृष्टि थापा, सनिश शाक्य, प्रवीण बजगाईं, रवीन्द्र नेपाल, कृषला गुरुङ, विशेष भट्टराई, अविनेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, कृष्ण भक्त महर्जन, लक्ष्मी कुमार महर्जन, राजेन्द्र महर्जन, लोमन् सागर रेग्मी ।