सन्तति आविको शैक्षिक भ्रमण
मंसिर २५, २०८१, मङ्गलबार | विहान ०१:०४ बजे | 40
भक्तपुर, मंसिर २४ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सीप र ज्ञानलाई व्यवहारिक रुपमा अझ अवधारणा निर्माण गर्न सकोस् भन्ने उद्देश्यले सन्तति आधारभूत विद्यालयले शैक्षिक भ्रमण गराईयो ।
उक्त भ्रमणमा विद्यार्थीहरूले विभिन्न ऐतिहासिक सम्पदा अध्ययन भ्रमण तथा राष्ट्रिय वनस्पति उद्यानका फूलहरुको मनोरम वातावरणसँग रमाएका देखिन्थ्यो ।
विद्यालयले शैक्षिक भ्रमणमा ललितपुरको जिल्लाको राष्ट्रिय वनस्पति उद्यान गोदावरी बगैंचा, पाटन दरबार स्क्वायर क्षेत्र, कृष्ण मन्दिर, कुम्भेश्वर तथा बंगलामुखी मन्दिर लगायत ऐतिहासिक तथा सांस्कृतिक एवम् वातावरणसँग परिचित गराएको थियोे ।
विद्यालयले हरेक वर्ष शैक्षिक भ्रमण गराउँदै आएको छ ।