विद्यार्थीले आफैं बनाए स्कुलमा खानाका परिकार


मंसिर २३, २०८१, आइतबार | विहान ०६:३९ बजे | 105


विद्यार्थीले आफैं बनाए स्कुलमा खानाका परिकार

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचोस्थित एक्टिभ इंग्लिस स्कुलका विद्यार्थीले स्कुलमा विभिन्न खानाका परिकारहरु बनाएर विद्यार्थी, शिक्षक र अभिभावकलाई खुवाएका छन् । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले योमरी, नेवारी खाजा सेट, मःम, बारा, चटामरी लगायतका खानाहरु आफैं तयार गरेर शिक्षक अभिभावक एवं विद्यार्थीहरुलाई सुपथ मुल्यमा विक्री गरेका थिए । एक्टिभ स्कुलको २९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित खाना महोत्सवमा विद्यार्थीहरुले तयार पारेको खाना खान विद्यार्थी, अभिभावक एवं शिक्षिकहरुको भिड लागेको थियो । 
विगत एकदशकदेखि स्कुलले प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने, व्यवसायमा हुने नाफा नोक्सानको जानकारी दिदैं खुल्ला ठाउँ र फुटपाथमा बेच्न राखिएका खानेकुरा भन्दा आफैले तयार गरेका खानाका परिकार स्वस्थकर, स्वादिलो र सस्तो हुने जानकारी दिने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको स्कुलका निर्देशक आशाहरि प्रजापतिले बताउनु भयो । खाना महोत्सवसँगै, एसईई सम्मान, वार्षिक पुरस्कार वितरण, शिक्षक एवं अभिभवाकहरुलाई पनि सम्मान गरिएको स्कुलका प्रिन्सिपल विजय प्रजापतिले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजाती र भेषभूषामा सजिएर नेपाली, नेवारी, मगर, तामा» आदि भाषाका गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका शिक्षिकाद्धय रामलक्ष्मी श्रेष्ठ र शान्ति लामालाई उहाँहरुले स्कुलमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, कविता, मुक्तक, सन्देशमुलक प्रहसनका साथै आआफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा आवर शपका प्रोपाइटर सरोज प्रजापति, अभिभावकहरु राजेश्वरी श्रेष्ठ, प्रेमलक्ष्मी प्रजापति, सरस्वती नकर्मी, जुना मोक्तान, लक्ष्मीमाया तामा» लगायतलाई पनि सम्मान गरिएको थियो । एक्टिभ इंग्लिस स्कुलको प्रा»गणमा भएको उक्त कार्यक्रममा शिक्षकहरु सागर गुरागाईं, उर्मिला प्रजापति र सम्मानित व्यक्तित्व सरोज प्रजापतिले आआफ्नो विचार व्यक्त गर्नु भएको थियो । गतवर्षको एसईई परीक्षामा उत्कृष्टता हासिल गरेकी मेधावी छात्रा पविना मिजारलाई नगद रु. १० हजार सहित कार्यक्रममा सम्मान पनि गरिएको थियो । कार्यक्रममा एक्टिभ इंग्लिस स्कुलले पढाइको साथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट करिब ६० जना भन्दा बढि विद्यार्थीहरुलाई खादा, प्रमाणपत्र र पदकसहित सम्मान गरेको स्कुलका प्रिन्सिपल विजय प्रजापतिले जानकारी दिनुभयो ।

Comments