ख्वप तिलगंगा आँखा अस्पतालको पहिलो शल्यक्रिया शिविर महाभारत गाँउपालिकामा


मंसिर २३, २०८१, आइतबार | विहान ०४:५७ बजे | 60


ख्वप तिलगंगा आँखा अस्पतालको पहिलो शल्यक्रिया शिविर महाभारत गाँउपालिकामा

भक्तपुर । नेपाल आँखा कार्यक्रम,ख्वप तिलगंगा आँखा अस्पताल को प्राविधिक सहयोग र महाभारत गाउँपालिका को आयोजना मा मंसिर १७ गते देखि २२ गते सम्म संचालन गरिएको मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सफलताका साथ सम्पन्न भएको छ । 
गाँउपालिकाको बिभिन्न वडाहरुमा मंसिर १७ गते देखि १९ गते सम्म मोतिबिन्दु छनौट शिविर संचालन गरिएको थियो । शिविरबाट १३०६ जना बिरामीहरुले आबश्यक ओषधि सहित प्रत्यक्ष उपचार पाएका थिय भने १३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामिहरु छनौट गरिएको थियो ।
शिविरबाट छानिएका मोतिबिन्दु शाल्यक्रिया गर्नु पर्ने विरामी हरूको मंसिर २१ र २२ गते घर्तिछाप स्वास्थ्य चौकीमा शल्यक्रिया सम्पन्न भएको छ । १३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामिहरु छनौट गरिएकोमा जम्मा १०० जनाको शल्यक्रिया गरिएको शिविरका संयोजक तथा ख्वप तिलगंगा अाँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताय । 
शिविर महाभारत गाउँपालिकाका संपूर्ण वडा हरुलाई पायक पर्ने गरी मोतिबिन्दु छनौट शिविर राखिएको थियो। शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम,ख्वप तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र रोग बिशेषज्ञ तथा अाँखा अस्पताका प्रमुख सुदीप राजभण्डारीको नेतृत्वमा सम्पन्न भएको हो । यस अघि ख्वप तिलगंगा अाँखा अस्पतालले भक्तपुर तथा आसपासका जिल्लाहरुमा एकदिने मोतिबिन्दु छनौट शिविर राखिएता पनि शल्यक्रिया सहितको शिविर पहिलो पटक महाभारत गाँउपालिकामा गरिएको इन्चार्ज अधिकारीले बताय ।
शल्यक्रिया शिविरमा १३ बर्षको बालक देखि १०० बर्ष सम्मको बृद्व, बृद्वाको शल्यक्रिया गरिएको थियो । शिविरमा एकै घरका बिगत ११ बर्षदेखि दुबै अाँखाको ज्योती गुमाएका दिदि, भाइको पनि दुबै अाँखाको सफल शल्यक्रिया गरिएको छ ।


Comments