खेलाडी तथा प्रशिक्षकलाइ सम्मान
मंसिर २२, २०८१, शनिबार | विहान ०४:२२ बजे | 35
काठमाडौँ । बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा नेपालबात सहभागी खेलाडी तथा प्रशिक्षकलाइ सम्मान गरिएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा ललितपुरमा खेलाडी तथा प्रशिक्षकहरुलाई एक कार्येक्रमका बिच सम्मान गरेको हो। नगदसहित सम्मानित हुने हरुमा ६१ केजी तौल समूहका विजेता अनिलकुमार पुनमगर, ५९ केजीका प्रतिस्पर्धी पुरन राई, ६३ केजी तौलका प्रतिस्पर्धी महेन्द्रबहादुर चन्दसहित प्रशिक्षक प्रेम पाउजु, वर्ल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्स पूरा गरी पहिलो प्रोफेसनल रेफ्री/जज बनेका राजन प्रजापति रहेका छन् । गएको शनिबार सम्पन्न भएको उक्त उक्त च्यापियनसिपमा प्रजापतिले रेफ्रीको भूमिका निभाएका थिए ।