ज्योति मगर आज भक्तपुर आइ नचाउने
मंसिर २१, २०८१, शुक्रबार | विहान ०५:५१ बजे | 45
भक्तपुर । चर्चित गायिका तथा मोडेल ज्योति मगर शुक्रबार भक्तपुर आउने भएकी छिन् । प्रथम सूर्यबिनायक कृषि, व्यापार तथा साँस्कृतिक महोत्सव – २०८१ भाग लिन उनी भक्तपुर आउने भएकी हुन् । उनका साथमा अस्मिता अधिकारी, शोभा त्रिपाठी, गायक महेष काफ्ले पनि आउने जनाइएको छ । उनीहरु महोत्सवको क्रममा भएको सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका आउन लागेका हुन् । साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । महोत्सव भक्तपुरको सूर्यविनायक बालकोटमा भइरहेको छ । महोत्सव २२ गते भोलिसम्म चल्नेछ ।