नाप नक्सा
मंसिर २७, २०७७, शनिबार | विहान ०७:४८ बजे | 45
डा.ईन्दुल केसी, भक्तपुर
सर्वाेच्च शिखरको नाप नक्सा अव झनै उँंचो
देशको नयाँं नक्सा अब झनै फराकिलोनेपाली आफैंले नापेर कोरेर क्षमता देखायो
नेपाली जनताको इज्जत र गौरब बढायो ।
अव नेताहरुको नाक नाप्नु परयो
भ्रष्ट्राचारमा देश डुवाउने अगुवाहरुको
नाक नापौ, अनुहारको चित्र कोरौ
सुर्पनखा नाके, भ्रष्ट्राचारीहरुको कुरुप मुहार चित्र कोरौ ।
लजशरम पचेका नेतृत्व वर्गको सिंहासनमा
अव इमान्दार सच्चा देशभक्तलाई बसालौं
गरिवीमा पिल्सिएका नेपालीलाई गाँंस, बासको व्यवस्था गरौं
शहिदको सपना, नेपाली सवैको चाहना अव पूरा गरौं ।
(अन्तर्राष्ट्रिय भ्रष्ट्राचार निवारण दिवस ।)