नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँं भबन शिलान्यास
मंसिर १०, २०८१, सोमबार | विहान ०९:३६ बजे | 85
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको लागि दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन गइरहेको दोश्रो चरणको सुविधा सम्पन्न भवन शिलान्यास कार्यक्रम सोमबार मध्यपुर थिमि भक्तपुरमा सम्पन्न भएको छ । भबनको शिलान्यास प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिँहले गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, नेपालका लागि दक्षिण कोरियाका राजदुत महामहिम ताईयोङ्ग पार्क, विशेष अतिथि कोइकाका नेपाल स्थित कन्ट्र«ी डाईरेक्टर मुहेन कोङ्ग विशेष अतिथि रहेका थिए । साथै वागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, वागमती प्रदेश सभा सदस्य सकुन्तला श्रेष्ठ, वागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ, वागमती प्रदेश सभा सदस्य धनेश्वरी प्रजापति, वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चांगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र जिल्ल समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बाडे अतिथि रहेका थिए ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, डेपुटी कन्ट्र«ी डाईरेक्टर ई युन सङ्ग, दिलिपकुमार प्रजापति (नेकपा माओवादी पोलिटव्यूरो सदस्य), बचन देउजा, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष, गणेशमान चक्रधर, नेपाली कांग्रेसका नेता एवम् समाजसेवी, महेश श्रेष्ठ, नेपाली कांग्रेसका नेता एवम् समाजसेवी अतिथि रहेका थिए । मञ्चमा आशण ग्रहण प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, कार्यकारी निर्देशक, डिके रौशन, पूर्व उपप्रमुख मुरारीप्रसाद आचार्य, पूर्व उपप्रमुख अन्जनादेवी मधिकर्मी, नगर सभापति ने.का. मध्यपुर थिमि नगर समिति हरिदास प्रजापति, नगर अध्यक्ष, नेकपा एमाले, मध्यपुर थिमि नगर समिति सूर्यलाल श्रेष्ठ, नगर अध्यक्ष नेकपा माओवादी मध्यपुर थिमि नगर समिति विकेश श्रेष्ठ, नगर सभापति, रास्वपा मध्यपुर थिमि नगर समिति न्हुछेरत्न मानन्धर, नगर अध्यक्ष राप्रपा मध्यपुर थिमि नगर समिति पञ्च कृष्ण श्रेष्ठ, नगर अध्यक्ष नेकपा एस मध्यपुर थिमि नगर समिति नविनप्रकाश श्रेष्ठ, नगर अध्यक्ष नेमकिपा मध्यपुर थिमि नगर समिति रमेश बैद्यलगायतका विशिष्ट व्यक्तित्वहरुले आसन ग्रहण रहेको थियो ।
कार्यक्रममा वडा नं. १ देखि वडा नं. ९ सम्मका वडा अध्यक्षहरु (बावुकाजी डंगोल, श्रीकृष्ण श्रेष्ठ, कृष्ण हरि आचार्य, बालकृष्ण पात्या श्रेष्ठ, ज्ञानदास प्रजापति, कृष्ण कुमार प्रजापति, रमेश थापा श्रेष्ठ, उमेश ख्याजु (कार्यवहाक अध्यक्ष) लगायतको उपस्थिति रहेको थियो । उपसचिव प्रल्हादकुमार कार्की संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, उपसचिव झई्न्द्र गुरागाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्व सहसचिव प्रेमकुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पूर्व वडा अध्यक्षहरु र जनप्रतिनिधिहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यकारी निर्देशक डा. डिके रौशनले गरेका थिए भने भवनको शिलान्यास दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन गईरहेको दोश्रो चरणको सुविधा सम्पन्न भवनको भवन निर्माण स्थलमा प्रवेश गरी प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए ।
कार्यक्रममा अस्पताल भवनको उत्कृष्ट डिजाईन गर्ने जे.के. एसोसियटसलाई प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहवाट प्रशंसा पत्र वितरण गरिएको थियो ।