कविता प्रतियोगिता हुने
मंसिर १, २०८१, शनिबार | दिउँसो ०२:५६ बजे | 70
कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाद्वारा कबाको पहिलो संरक्षक सदस्य वरिष्ठ कलाकार तथा साहित्यकार हेम पौडेलको पहिलो स्मृति दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता गर्ने जनाएको छ ।
प्रतियोगिताका लागि निम्न लिखित ३ शिर्षकमा १-हेम पौड्याल र चरा, २-हेम पौड्याल र कला ३-हेम पौड्याल र सौन्दर्यमा आधारित भई प्राप्त हुन आएका सिर्जनालाई प्रतियोगितामा सामेल गराउने जानकारी गराउँदै कविता (रचना) १०० देखि १२५ शब्द सम्मको हुनुपर्ने जनाएको छ ।
कविता मङ्सिर १५ गते भित्र hemganga123@gmail.com मा पठाउनका लागि समेत अनुरोध गरिएको छ ।
पहिलो,दोस्रो र तेस्रो हुने विजयीहरुलाई एक एक वटा हेम पौडेलको कला कृति का साथै नगद पुरस्कार समेत क्रमशः १०,०००,६,०००,४,००० प्रदान गरिने बताइएको छ । माघ २० गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर साहित्यिक साप्ताहिकको आयोजनाममा हेम पौडेलको चित्र कला प्रदर्शनी,वहाँ को कविता कृति प्रकाशन र कविता प्रतियोगिता कार्यक्रममा विजयीहरुलाई पुरस्कार अर्पण गरिने कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेलले जानकारी दिनुभयो ।