भक्तपुरमै मुटुको सेवाका लागि निरन्तर आन्दोलन
कार्तिक २९, २०८१, बिहीबार | विहान १०:४५ बजे | 35
भक्तपुर । हृदयघाट (हट एटेक) को उपचार सेवा भक्तपुरमै छ । तर सायदै कसैलाई मात्रै थाहा होला यसबारे । यही कारण भक्तपुरबासीहरु यो सेवा आफनै गृहजिल्लामा हुँंदाहुँदै पनि हृदयघाट हुँंदा काठमाडौंसम्म पुग्छन् र समय अभाबका कारण मृत्युवरण गर्न बाध्य हुन्छन् ।
चिकित्सकहरुका अनुसार हृदयघाट भएको आधा घण्टाभित्र अस्पताल पुयाउन सके विरामीको ज्यान जोगाउन सकिन्छ । तर भक्तपुरबाट काठमाडौंका अस्पतालसम्म पुरयाउँंदा झण्डै एकडेढ घण्टा नै लागेको हुन्छ र विरामीको विचवाटोमै मृत्यु भइसकेको हुन्छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा यो सेवा छ । तर पनि सुविधा भने छैन । पहिलो त यो सेवाबारे न अस्पतालले प्रचारप्रसार गरेको छ न सर्वसाधारणलाई थाहा नै छ । अस्पताल मृर्गाैला अस्पतालमा सिमित छ । केन्द्रका कार्यकारी निर्देशक वरिष्ठ डा.पुकारचन्द्र श्रेष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ भएका कारण आफनै विज्ञताको सेवामा मात्रै सिमित छ । मृर्गाैला र कलेजो भन्दा त मुटु विशेष हो, मुटुको पनि सेवा राम्रो भयो भने डा पुकार ओझेलमा पर्ने संकुचित मानसिकताले काम गरेको आरोप छ ।
एकजना पीडित विकास बज्राचार्यले जानकारी अभाबले आफनै भाइको ज्यान गएको दुःखद् घटना सम्झे । घर नजिकैको अस्पतालमा मुटुको सेवा छ भन्ने जानकारी नहुँंदा भाइको ज्यान गएको दुःख उनले विसाए । यही कारण वर्षाैदेखि सचेत समूहले यसबारे ध्यानाकर्षण गराइरहेको उनले बताए ।
केन्द्रको मुटु फोक्सो तथा नशा बिभागका प्रमुख डा सञ्जित शाह डा पुकारको संकीर्ण सोचका कारण मुटु सेवा हुँंदा हुँंदै पनि सुविधा विहीन भएको बताउँंछन् । सामान मात्रै करोडौ होइन, अर्वाेका छन्, जनशक्ति पनि छ, उनले भने, छोटोमा सवै छ, तर सुविधा छैन । अस्पतालमा मृर्गौला, कलेजो, मुटु, फोक्सो तथा नशाको मुख्य सेवा छन् । तर यहाँं सुविधा मृर्गाैला र कलेजोको मात्रै भएको उनी सुनाउँंछन् । यही कारण धेरै भक्तपुरबासीहरु हृदयघाटबाट अकालमा ज्यान गुमाउन बाध्य भइरहेको उनले सुनाए । मृत्युपछि मानिसका आठ वटा अंग प्रत्यारोपण गर्न सकिन्छ, तर यहाँं मृर्गाैला र कलेजको मात्रै प्रत्यारोपण भइरहेको छ, डा शाहले थपे । केन्द्र सञ्चालनमा आएको १२ बर्षमा औलामा गन्न सकिने मानिसले मात्रै केन्द्रमा मुटुको सेवा पनि छ भनेर थाहा पाएको उनको भनाई छ ।
केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार केन्द्रमा हालसम्म एक हजार तीन सय जनाको मृर्गौला प्रत्यारोपण गर्न सफल भएको छ । सो केन्द्रमा हालसम्म २८ जनाको कलेजो प्रत्यारोपण भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा एक सय ९६ जनाको मृर्गौला र १५ जनाको कलेजो गरी जम्मा दुई सय ११ जनाको प्रत्यारोपण शतप्रतिशत सफलताका साथ सम्पन्न गरेको केन्द्रले जनाएको छ । केन्द्रले एक हजार तीन सय जनाको मृर्गौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको खुशीयालीमा बुधबार विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि समीक्षा समेत गरिएको थियो ।
केन्द्रका प्रमुख प्रशाशकीय अधिकृत हरिहर पोखरेल जनशक्ति अभाबका कारण सुविधा दिन नसकेको बताउँंछन् । विभागीय प्रमुख डा सञ्जित शाह विभागीय कारबाहीमा परेकोले प्रमुख चिकिक्सको अभाबमा मुटुको शल्यक्रिया सेवा दिन नसकेको उनले बताए । हामीले धेरैपटक जनशक्ति माग गरी विज्ञापन गरयौं, उनले भने, तर पनि पाएका छैनौं । यस विषयका विशेषज्ञ चिकित्सक नेपालमै पनि दुई चार दर्जनमै सिमित भएकोले जनशक्ति नपाएको उनको भनाई छ । यसबाहेक कार्यालय समयमा मुटुको सामान्य सेवा दिइरहेको उनले जनाए । मुटुको विरामीका लागि प्राथमिक सेवाको रुपमा रहेको फिजिसियन सेवा रहेको उनको भनाई हो ।
केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठ स्थान अभाबले पनि मुटको सेवा दिन नसकिरहेको बताउँंछन् । आफ्नो एक इन्च पनि भवन र उपयुक्त जग्गा जमिन नभए पनि केन्द्रले वर्तमान अवस्थामा पनि देशकै सबैभन्दा बढी सफलतापूर्वक मृर्गाैला प्रत्यारोपण गरिसकेका छौं, उनले भने ।