भक्तपुर जनस्वास्थ्यले गरयो पत्रकारहरुसँंग अन्तरक्रिया


कार्तिक २५, २०८१, आइतबार | विहान ११:०१ बजे | 60


भक्तपुर जनस्वास्थ्यले गरयो पत्रकारहरुसँंग अन्तरक्रिया

भक्तपुर । जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार जिल्लाका पत्रकारहरुसँंग अन्तरक्रिया कार्यक्रम गरेको छ । स्वास्थ्यसँंग सम्वन्धित कार्यक्रमहरुको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँंग अन्तरक्रिया कार्यक्रम भएको हो । 
कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले जिल्लाका पत्रकारहरुसँंग जनस्वास्थ्य कार्यालयका वार्षिक कार्यक्रमहरुबारे पत्रकारहरलाई जानकारी गराउने र सुझाब संकलन गर्ने योजनासाथ कार्यक्रम गरिएको जानकारी गराए । कार्यक्रममा कार्यालयका मइनी दिपक अच्छामीले कार्यालयको वार्षिक स्वास्थ्य कार्यक्रमहरुबारे प्रस्तुतीकरण गरी जानकारी गराएका थिए । कार्यक्रममा दुई दर्जन वढी पत्रकारहरु सहभागी रहेका थिए । 

Comments