नेपाल सम्बत ११४५ तथा दीपावलीको शुभकामना आदानप्रदान
कार्तिक १६, २०८१, शुक्रबार | विहान ०८:३२ बजे | 25
ने.सं.११४४ कौलागाः त्रयोदर्शी बुधबार ,२०८१ कार्तिक १४ गते कादिन नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिको आयोजनामा मैत्रीय ज्ञानमाला भजन खलःया व्यवस्थापनमा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका आदरणीय अध्यक्ष श्रीमती रमना श्रेष्ठज्यूको प्रमुख आतिथ्यत्वमा नेपाल सम्बत ११४५ नववर्ष तथा दीपावली अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम मध्यपुर थिमि चोडे टोलमा भयो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष रमना श्रेष्ठले नेपाल सम्बत ११४४ नयाँ वर्ष एक दिन दुई दिन मात्र मनाएर हुन्दैन सँधै मनाउनु पर्छ भन्नू भयो । साथै ज्ञानमाला भजन बुद्धया शिक्षा आधारित भएकोले पंचशील लगायत शिक्षाहरू व्यवहारमा प्रयोग गर्नु पर्ने भन्नु भयो । विशेष अतिथि मध्यमाञ्चल उपाध्यक्ष पुण्यरत्न शाक्यले तिथिमिति बिगारेकोले चाँडपर्व मनाउन समस्या हुन गयो । सबैले मिलेर एकरूपतामा मनाउनु पर्ने बताउनुभयो । भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिका सचिब तुल्सीकाजी मानन्धर,मानन्धर युवा संघ, मध्यपुर थिमि चोडेका अध्यक्ष सुजन मानन्धरहरूले नेपाल सम्बत तथा दीपावलीको महत्त्व बारे बताउनुभयो ।
कार्यक्रम अगाडि ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला क्षेत्रिय उपसमितिका संयोजक गणेशराम प्रजापतिको सभापतित्वमा भएको स्वागत मन्तव्य भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिया सह- संयोजक गौतम बज्राचार्य तथा धन्यवाद चनेलाल मानन्धरले दिनुभयो ।
कार्यक्रम पंचशील प्रार्थनाबाट शुरू भई पुण्यानुमोदान गरि सम्पन्न भएको थियोे ।