भक्तपुरमा सकियो एमालेको भिन्तुना रयाली
कार्तिक १६, २०८१, शुक्रबार | विहान ०८:०१ बजे | 35
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुर नगर कमिटीको आयोजनामा नेपाल संम्वत ११४५ नयाँ बर्षको अवसरमा शुक्रबार भक्तपुरमा भिन्तुना रयाली भएको छ । न्हुदंया भिन्तुना ¥याली बिहान ८ः०० बजे तौमाढीमा भेला भइ शुरु भएको थियो । ¥यालीको रुट तौमढी–नासमना–तेखापुखु–इताछें–खौमा–दरवारस्वायर–त्रिपूरासुन्दरी–चोछें–तुछिमला–नगपोखरी–दतात्रय–गोल्मढी–सुकुलढोका–तौमढीमा पुगेर समापन भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा पार्टी केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १ इन्चार्ज सोम प्रसाद मिश्र रहेका थिए ।