प्रकृति र सस्कृतिको खुल्ला संग्रालय धार्चे
- Post Date 2020-12-08 19:25:03

गोरखाको धर्चे गाउ पालिका अन्तर राष्ट्रिय पर्वतीय पर्येटकको सदस्यमा विश्वको पहिलो गाउँ पालिका भएको छ। पर्वतीय पर्येतनको पर्चुर सम्भावना रहेको यस क्षेत्रको बिकाश गर्ने उदेस्यले गाउ पालिकाले विभिन्न अन्तरिक तथा बाहिय पर्येतन गतिविधि अगाडी बढाएको छ। गाउ पालिकाकाको अग्रसरतामा शनिबार र आइतबार बुढीगण्डकी र्याफ्तिङ ,साहसिक खेल क्यानोनिङ ,प्याराग्लाइदिङ , रकक्लाइमिङ्ग तथा फिसिंग प्याकेज इभेन्ट सम्पन्न गरेको छ।
गाउ पालिकाका प्रमुख सन्तोष गुरुङको अध्क्षयतामा बुढीगण्डकी ह्वाइट वाटर अन्वेषण कार्येक्रम समन्वय समिति अन्तर्गत भएको कार्येक्रममा समितिका उप प्रमुख जानुका अधिकारी , नेपाल पर्येतन बोर्डका निर्देशक अवदेश दासले संयुक्त रुपमा उत्घाटन गरेका हुन्।
माछे खोला स्थित ‘सबै इभेण्ट समेटिएको ‘बूढीगण्डकी बीच’ कार्यक्रम उद्घाटन भएको पहिलो दिन शनिबार र आइतबार दुई दिनमा ७० जनाले ¥याफ्टिङ र २५ जनाले क्यानोनिङमा सहभागी भएका थिए । गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘ आन्तरी तथा बाहिय पर्येतकलाइ प्रवर्धन गर्ने उदेश्यले माघ १५ गते मितिनी मेलाको उपलक्ष्यमा हेलिकोप्टरबाट तल्लो मनास्लु र माथिल्लो मनास्लुको अध्ययन गर्ने, इपिसेण्टर साइक्लिङ टे्रलमा साइक्लिङ गर्नेसहितका सबै इभेण्टहरु जोडेर प्याकेज घोषणा गर्ने तौयारिमा छौ । विभिन्न प्राकृतिक झरनाहरुको अध्यन गरि देसकै ठुलो क्यानोनिङ हवको रुपमा बिकाश गर्ने लक्षरहेको छ। ’ धार्चे पर्यटन प्रवद्र्धन समितिले यसको व्यवस्थापन गर्ने गरी जिम्मेवारी दिएको उनले बताए ।

यसैगरि नेपाल पर्यटन बोर्डका सदस्य तथा धार्चे पर्यटन प्रवद्र्धन समतिका प्रमुख सल्लाहकार अवधेश दासले धार्चे गाउँपालिका लाई विश्वमै पहिलो पटक आइएमटिए (इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स) को सदस्यता स्वीकृत हुनुमा गाउ पालिकाको कार्येदक्षता मूल आधार भएको बताए। उनले भने ‘ बोर्डबाट हामीले सक्ने सहायो गर्दै समय अनुकुलता बनाई विभिन्न अरु मुलुकका पर्येतन आवद्द सस्थालाई येस कार्येक्रममा जोड्ने छौ । ’

...
All Comments.......
Please Login/Register To Comments