शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान
कार्तिक १३, २०८१, मङ्गलबार | विहान १०:४१ बजे | 30
खरिपाटी, भक्तपुर
२०८१ सालको शुभ दिवपाली, नेपाल संवत् ११४५ र छठ पर्वको अवसरमा चाँगुनारायण नगरपालिकाद्धारा आयोजित रक्तदान कार्यक्रममा ३० जना स्वयंसेवी रक्तदाताले रक्तदान गर्नुभएकोछ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीज्यूले रक्तदान गरी उद्घाटन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र स्वयंसेवकहरुले रक्तदान गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको रक्तसंचार सेवाको प्राविधिक सहयोगमा नगरपालिकाको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा कार्यपालिका सदस्य जीवन नेपाली, वडा नं ७ का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, खड्क कुमार मैनाली, निला कुमारी घिमिरे, ऋषि अधिकारी, श्रृजना पुरी, अस्मिता कार्की, रुपा सापकोटा, देवेन्द्र थापा, कृष्ण ठुकु, रञ्जना सापकोटा, श्रृजन हन्जु, मदन कुमार वाग्ले, राकेश तामाङ्ग, अञ्जिता खड्का, अभिन खत्री, निरञ्जन भट्, सन्तोषी नेपाली, रघु के.सी, दिलकुमार दुवाल, पुष्कर पौडेल, अरुण कुमार तिमिल्सिना, विश्वराम थापा, सुरेश सिंखडा, अशोक कुमार लामिछाने, श्याम भँडेल, बसन्त के.सी, प्रदिप खत्री, विवेक अधिकारीले रक्तदान गर्नुभएको थियो ।
रगत तथा रक्ततत्वको बढ्दो मागलाई ध्यानमा दिदै मानवीय सेवाका रुपमा रहेको रक्तदान कार्यक्रम नगरपालिकाले पहिलो पटक आयोजना गरेको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । चाँगुनारायण नगरपालिकाले नगरबासी विरामीहरुलाई रगत तथा रक्ततत्व निःशुल्क वितरण गर्दै आएकोछ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाइँले रक्तदान जीवनदान भएकोले स्वस्थ मानिसले नियमित रुपमा रक्तदान गर्नाले विरामीको ज्यान बचाउन सम्भब हुने बताउनुभयो । उहाँले सबै कर्मचारीहरुलाई नियमित रुपमा रक्तदान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्यहरु निर्मला के.सी, कमला गिरी भारती, नगर खेलकुद विकास समितिका संयोजक रघु के.सी, शिक्षा शाखा प्रमुख दिनेश अर्याल, पशुपंक्षी विकास शाखा प्रमुख खड्क कुमार मैनाली, सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, योजना शाखा प्रमुख अनुप लामिछाने लगायत कर्मचारी तथा स्वयंसेवकहरुको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रमको संयोजन विपद् व्यवस्थापन इकाईका प्रमुख दिनेश थापाले गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...