ख्वप तिलगंगा आखा अस्पताल भक्तपुरमा बिशिष्टकृत शल्यक्रिया शुरु


कार्तिक ९, २०८१, शुक्रबार | विहान ०३:२५ बजे | 35


ख्वप तिलगंगा आखा अस्पताल भक्तपुरमा बिशिष्टकृत शल्यक्रिया शुरु

भक्तपुर । नेपाल अाँखा कार्यक्रम, तिलगंगा अाँखा प्रतियठानका बरिष्ठ नेत्र रोग विषेशज्ञ तथा अकुलर अंकोलाजी तथा अकुलोप्लाष्टी विभाग प्रमुख डा. पुर्णिमा राज कर्णिकार स्थापितद्घारा ख्वप तिलगंगा अाँखा अस्पताल भक्तपुरमा अकुलोप्लाष्टी रोग सम्बन्धि शल्यक्रिया सफलताका साथ पहिलो पटक सम्पन्न भएको छ । सो एक दिने शल्यक्रियामा ख्वप तिलगंगा अाँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. सुदीप लाल राजभण्डारी समेतले शल्यक्रियामा भाग लिनुभएको थियो ।
डिसिआर, डिसिटी, लिड मास, इन्टोपिअन जस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले उक्त दिन शल्यक्रिया गराएका थिए । अबका दिनमा अकुलोप्लाष्टी सम्बन्धि शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले ख्वप तिलगंगा अाँखा अस्पताल बाटै शल्यक्रिया सुबिधा नियमित रुपमा पाउनेछनु ।
सामुदायिक अाँखा केन्द्रको रुपमा भक्तपुर नगरपालिका, तिलगंगा अाँखा प्रतिष्ठान बिचको सहकार्य र हिमालय क्याटरयाक्ट परियोजनाको आर्थिक सहयोगमा नेपाल अाँखा कर्यक्रम, तिलगंगा अाँखा प्रतिष्ठान गौशालाको शाखाको रुपमा सन् २००६ मा स्थापना भएको हो । अाँखा केन्द्रले सेवा शुरु गरेको १३ बर्ष पछि अर्थात सन २०१९ मा स्ट्यान्डर्ड चार्टर्डको सिइङ इज बिलिभिङ कार्यक्रमकोे सहयोगमा अाँखा केन्द्रको स्तरउन्नती भई ख्वप तिलगंगा अाँखा अस्पताल परिणत भएको अस्पतालले ख्वप अस्पतालको चौथो तलाबाट  दैनिक बिहान ८ बजे देखि बेलुका ४ः३० बजे सम्म सेवा दिदै आएको छ । अस्पतालले बाह्य कार्यक्रम अन्तर्गत एक दिने समुदायलाई लक्षित गरि सामुदायिक आँखा शिविर र बिद्यालय लाई लक्षित गरि बिद्यालय अाँखा जाँच शिविर संचालन गर्दै आएको छ। एक जना नेत्र रोग बिशेषज्ञ सहित १८ जना कर्मचरीबाट सेवा दिदै आएको अस्पतालमा हाल सम्म ४ लाख भन्दा बढि सेवाग्राहिले सेवा लिइसकेको बताउदै आँखा अस्पतालका ईन्चार्ज धिरज अधिकारी ले आगामि दिनहरुमा अाँखा सम्बन्धि सेवा हरु अझै थप्दै जाने र बिशिष्टिकृत सेवाहरु पनि ख्वप तिलगंगा अाँखा अस्पताल बाटै उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

Comments