नृत्य प्रतियोगितामा २३ प्रतिस्पर्धी
कार्तिक ८, २०८१, बिहीबार | विहान १०:२६ बजे | 25
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले नयाँ बर्ष नेपाल सम्वत ११४५ को अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितमा २३ प्रतिस्पर्धीले सहभागी भएका छन् ।
प्रतिस्पर्धीहरुले ग्राण्ड फिनालेका लागि कार्तिक १० गते शनिवारका दिन रत्नाकर महाविहार, हःबहा, रत्नाकर सामुदायिक भवनमा हुने अडिशन पार गर्नुपर्नेछ । ग्राण्ड फिनाले भने कार्तिक १६ गते शुक्रवार पाटन दरवार क्षेत्रस्थित कात्तिदबूमा साँझ ४ बजे हुने आयोजक समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभएको छ ।
यस प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने प्रतिस्पर्धीले शिल्ड, प्रमाणपत्रका साथै क्रमशः नगद रु ५० हजार, ३० हजार, १५ हजार व ५ हजार प्राप्त गर्ने तथा यसै कार्यक्रममा वरिष्ठ कलाकार लोकगायक रत्न बेहोशी बज्राचार्यलाई “ललितरत्न” उपाधिले सम्मान गर्ने यस वडाका अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभएको छ । प्रथम पटक यो सम्मान वरिष्ठ संगीतकार मोहनप्रसाद जोशीलाई प्रदान गरिएको थियो ।
यस प्रतियोगिताका प्रतिस्पधर्मीहरु आयुशा तामाङ, आयोना लाखा, इभान धाख्वा, उत्पला बज्राचार्य, विमिशा डंगोल, विमला महर्जन मानन्धर, जस्मि श्रेष्ठ, नैरात्मा बज्राचार्य, प्रज्ञा महर्जन, निमा महर्जन, मेरिस्का बज्राचार्य, रेजिना बज्राचार्य व लसता बज्राचार्य, सजगता मानन्धर, सफू बज्राचार्य, स्मृति शाक्य, स्लेजा शाक्य, सुनिभा शाक्य, सुनैना बज्राचार्य, सुयंका बज्राचार्य, शायरा महर्जन, लकि महर्जन, लुजला शाक्य रहेका छन् भने ललितपुर, काठमाडौं, भक्तपुर, धादिङ लगायत जिल्लाबाट सहभागिता रहेको छ ।
स्थानीय तहमा वडा स्तरमा कलाकार समिति स्थापना गर्ने वडा अध्यक्ष शाक्यको अवधारणा अनुरुप स्थापित समितिमा पत्रकार एवं कलाकार बज्राचार्यको संयोजकत्वमा ११ सदस्य रहेका छन् । विगत ५ बर्षदेखि इन्द्रजात्रा, तिहार तथा न्हूदँ, श्रीपञ्चमी, फागु पूर्णिमा लगायत पर्वहरुमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको कलाकार समितिले विगत केही बर्षदेखि कलाकार भेला, चलचित्र कार्यशाला लगायत कार्यक्रम आयोजना समेत थालेको छ ।