नगरपालिकाको बैठकले यस्तो गरयो भक्तपुरमा तिहार मनाउने दिनको निर्णयहरु


कार्तिक ८, २०८१, बिहीबार | विहान ०७:५७ बजे | 45


नगरपालिकाको बैठकले यस्तो गरयो भक्तपुरमा तिहार मनाउने दिनको निर्णयहरु

भक्तपुर । भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको स्वन्ती नःखा तिहार २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारीहरु, 
राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका 
सरोकारवालाहरुस“ग बैठक बस्यो ।
बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हु“दा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुंदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते सा“झ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते सा“झ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाई टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य भनपा ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, नि. प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर तलेजुका 
पूजारीहरु प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्योतिष वीरेन्द्रप्रसाद कायष्ठलगायतको उपस्थिति रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

नगरपालिकाको बैठकले यस्तो गरयो भक्तपुरमा तिहार मनाउने दिनको निर्णयहरु

Comments