भोलिदेखि केन्पो खुकुरीको राष्ट्रिय प्रतियोगिता


कार्तिक १, २०८१, बिहीबार | दिउँसो ०३:४० बजे | 50


भोलिदेखि केन्पो खुकुरीको राष्ट्रिय प्रतियोगिता

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले भोलि शुक्रबारदेखि दुईदिने सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिकाको सुखट कैलालीमा गर्न लागेको चौथो राष्ट्रिय प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघले प्रतियोगिताबारे जानकारी दिन विहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष पूर्णप्रसाद पाण्डेले तयारी पुरा भएको जानकारी दिएका हुन । नेपाल केन्पो खुकुरी मार्शल आट्र््स संघका खेलप्रति सर्वसाधारणको रुचि अभिवृद्धि गर्ने र यसको समुचित विकासमा जोड दिइ खेलकोस्तर वृद्धि गर्न विभिन्न स्तर र तहका प्रतियोगिताहरु संचालन गर्ने क्रममा चौथो राष्ट्रिय प्रतियोगिता गर्न लागेको र यसको तयारी पुरा भएको केन्द्रिय अध्यक्ष पाण्डेले जानकारी दिए ।
कात्तिक २ गते उदघाटन हुने प्रतियोगितामा दुई सय भन्दा बढी खेलाडी सहभागी हुने छन । ७७ जिल्लाका ३६५ पालिकामा विस्तार भएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको १६५ वटा डोजो रहेका छन ।
प्रेस विज्ञप्ती
नेपालभित्र नेपाल केन्पो खुकुरी मार्शल आट््र््स खेलको विकास विस्तार गर्न र नेपाललाई खुकुरी मार्शल आट््र्स खेलमा अन्तर्राष्ट््ि«य स्तरमा सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट्् राष्ट््«को प्रतिष्ठा अभिवृद्धि गर्न एवं नेपाल केन्पो खुकुरी मार्शल आट््र्स खेल र खेलाडीको हक, हित र खुकुरी मार्शल आट््र्स खेलप्रति अभिरुचि राख्ने सबैलाई संगठित गर्न २०७४ सालमा स्थापना भएको नेपाल केन्पो खुकुरी मार्शल आट््र्स संघ स्थापनादेखि निरन्तर सक्रिय रहेको अवगत नै छ ।
यसले नेपाल केन्पो खुकुरी मार्शल आट््र्स संघका खेलप्रति सर्वसाधारणको रुची अभिवृद्धि गर्ने र यसको समुचित विकासमा जोड दिने गरेको छ । खेलको स्तर वृद्धि गर्न प्रशिक्षणहरु, विभिन्न स्तर र तहका प्रतियोगिताहरु संचालन गरी रहेको छ भने बिशेष गरी ३ वटा राष्ट्रिय प्रतियोगिता समेत सम्पन्न गरेको छ । ७७ जिल्लाका ३६५ पालिकामा विस्तार भएको नेपाल केन्पो खुकुरी मार्शल आट््र्स संघको आजसम्म १६५ वटा डोजो रहेका छन । संघले खेलको विकास र विस्तारका सम्बन्धमा आवश्यकता अनुसार परिषद, ओलम्पिक कमिटी नेपाल सरकारलाई राय एवं सुझावहरु दिने, त्यस सम्बन्धमा आवश्यक समन्वय गर्ने समेत गरेको छ । साथै नेपाल केन्पो खुकुरी मार्शल आट््र्स संघको खेलको माध्यमद्वारा राष्ट््«को इज्जत, प्रतिष्ठा र गौरव बढाउने कार्य भैरहेका छन र अझै हुनेछन ।
राष्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागि खेलकुदको नारालाई सार्थक बनाउन हाम्रा आगामी यात्राहरु अझै प्रतिवद्ध भएर लाग्ने नै छन् । यसै सन्दर्भमा २०८१ कात्तिक २ र ३ गते सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिकाको सुख्ट, कैलालीमा चौथो राष्ट्रिय प्रतियोगिता हुन लागेको यहाँहरुमा विदितै छ । उक्त प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको छ । प्रतियोगिता करिब २ सय खेलाडी सहभागी हुने छन प्रतियोगिता सफल पार्न सबैको साथ सहयोगको अपिल गर्दछु । धन्यवाद
पूर्ण प्रसाद पाण्डे
अध्यक्ष

Comments