डा. इन्दुल के.सी.द्धारा स्वास्थ्य उपचार कक्षा
असोज ३०, २०८१, बुधबार | दिउँसो १२:३० बजे | 55
भक्तपुर । भक्तपुरको इनाचो टोलस्थित मुनी विहारमा त्यहाँ रहेका श्रामणेरहरुलाई ठेउला (ऋजष्अपभल उयह) रोग बारे कक्षा संचालन गर्नु भयो । उक्त विहारमा रहेका ११ जना श्रावणेरहरुलाई.गत हप्ता देखी ठेउला आई समस्या ग्रस्त विरामीको रुपमा रही रहेका छन् । यस कार्यक्रममा उक्त विहारका उत्तम भन्ते ज्यू तथा आदित्य भन्ते ज्यूको आग्रह अनुसार यो कार्यक्रम संचालन भएको हो । समस्यामा रहेका श्रामणेरहरुको सम्पूर्ण शरीरमा फोका फोका उठी रहेको र जीउभरी चिलाउने भइ रहेको अबस्था छ । उक्त विहारले विमारीहरुलाई भक्तपुरको विभिन्न अस्पतालहरुमा लगी डाक्टरलाई जचाउन लगाई त्यहाँका डाक्टरको प्रेक्पिशन अनुसार विभिन्न मलहम लगाउने तथा ट्प्लेटहरु खुआउने गरि आएता पनि रोग समाप्त भइ नसकेको अवस्था छ ।
कार्यक्रममा डा. इन्द्ल के.सी. ज्यूले सबै ११ जना विमारी श्रामणेरहरुको शरीर जाँच गरी सके पछि उपचारको लागि निम्न सुझावहरु दिनु भयो ।
१) विरामीहरु रहेको कोठा पुर्ण रुपमा सफागर्ने र किटनासक डिटोल जस्ता पदार्थहरु छड्केर कोठा सफागर्ने ।
२) यस रोगको लागि आयुर्वेदिक औषधीहरु प्रभावकारी एवं सस्तो मुल्यमा पाईने औषधीहरु प्रयोग गर्ने ।
३) खासगरी जडिबुटिको रुपमा रहेको सरल एवं सुलभ रुपमा पाइने टिटे पाटी लाई औषधिको रुपमा के कसरी प्रयो गर्ने भन्ने बारे विस्तृत विवरण प्रकाश पारियो ।
यस कार्यक्रम ज्यादै उपयोगि भएको कुरा सहभागी विमारी श्रामरेणहरु, भन्तेहरु तथा उक्त बिहारका सचिव श्री शिव बालाजिले यो कार्यक्रम सा¥है उपयोगि भएकोले भविष्यमा पनि यस प्रकारका अन्य रोगहरुको बारेमा पनि कक्षा संचालन गरि दिनु हुन डा.इन्दुल केसी लाई अनुरोध गर्नुको साथै धन्यवाद दिनु भयो ।
श्रमन रहोस यस बिहारमा गत भदौ महिनामा ७५ जना श्रामणेर भन्तेहरु लाई डा.इन्दुल के.सी ज्यूले स्वास्थे अभिमुखि करण कार्यक्रम पनि संचालन गर्नु भएको थियो ।