ब्रम्हायणी जाँंदै हो ? होस् गर्नुस् है !
असोज २६, २०८१, शनिबार | विहान ०३:१३ बजे | 55
भक्तपुर । विजया दशमीको दिन शनिबार भक्तपुरको ब्रम्हायणीमा ठूलो मेला लागेको छ । विहानैदेखि त्यहाँं मेला भर्न आउनेहरुको ठूलो भीड लागेको छ ।
भीड हुने भएकै कारण विजया दशमीको दिन स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको आयोजना त्यहाँं स्काउटहरुले भीड व्यवस्थापनको सेवा दिइरहेका छन् । ब्रह्मायणी सेवा क्याम्पमा स्वयंसेवक गर्न इच्छुक स्काउट स्काउटरहरुलाई बिहान ६ बजेदेखि १० बजेसम्म हुने सेवा क्याम्पमा उपस्थित हुन यसअघि हार्दिक अनुरोध गरिएको थियो । उनीहरु स्काउट पोशाकमा उपस्थित भई सेवा दिइरहेका छन् । नेपाल स्काउट स्थानीय कार्यालय भक्तपुरले जनाए अनुसार त्यहाँं एक सय भन्दा वढी स्काउटरहरु खटिएका छन् ।
मेला भर्न भक्तपुरसहित काठमाडौंं, ललितपुरलगायत उपत्यका आसपासका विभिन्न जिल्लाहरुबाट मेला भर्न आउनेहरुको भीड लाग्ने गर्दछ । त्यस कारण यस्तो अवस्थामा यही मौकालाई छोप्दै पाकेटमार गर्नेलगायतका सम्भाबना पनि त्यतिकै हुन्छ । यही कारण सचेत हुने अनुरोध गरिएको छ ।