यसरी दौडाइयो खम्ये (तस्वीरहरु)
असोज २५, २०८१, शुक्रबार | विहान ११:१३ बजे | 40
भक्तपुर । विजया दशमी अन्तर्गत शुक्रबार भक्तपुरमा खम्ये जात्रा भएको छ । भक्तपुर नगरपालिका वडा नं ९ द्योछें (देवता) घरमा पालेर राखेको खम्येलाई दौडाएर जात्रा भएको हो । जात्रा पौने पाँंच बजे सुरु भएको थियो । जात्रा सुरु भएको केही समयभित्रै खम्येलाई दौडाएर ब्रम्हायणी पुरयाइन्छ ।
खम्येलाई आजै राति बध गरिनेछ । त्यसपछि भोलि ब्रम्हायणीमा दसैंकै सवैभन्दा ठूलो मेला लाग्नेछ । मेला भर्न काठमाडौ उपत्यकाबाट दसौं हजार मानिस आउने गर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...