कहिले हुँंदैछ खम्ये जात्रा ?
असोज २४, २०८१, बिहीबार | दिउँसो ०२:५७ बजे | 55
भक्तपुर । भक्तपुरको दसैंको एउटा मुख्य आकर्षण खम्ये (राँंगो दौडाउने जात्रा) भोलि शुक्रबार हुँंदैछ । भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको ठूलो राँंगो खम्येलाई दौडाएर उल्लासयमय रुपमा जात्रा मनाइन्छ ।
राँंगोलाई भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरबाट निकालेर भक्तपुर नगरभरि दौडाइन्छ । जात्रा हेर्न नगरभरिका बाटोमा हजारौं जात्रालुहरु रहन्छन् । केही युवाहरुलाई राँंगोलाई बाटोभरि दौडाउने गरिन्छ । दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ । मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर लगिन्छ ।
महिषासुरको प्रतीक खम्येलाई अन्तमा भक्तपुर नगरको पूर्वमा अवस्थित ब्रम्हायणीमा पुयाइन्छ । खम्येलाई नौरथाको नवमी कालरात्रीमा त्यही वध गरिन्छ । राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।
महानवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन ब्रम्हायणीमा ठूलो मेला लाग्छ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।
नवदुर्गा गणका मुल नाइकेहरुले महिषासुररुपी राँगो नवमीसम्म मन्दिरमै पालेर पालिने जनाए । यसअघि राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीकोवीचमा नवदुर्गा देवताघरमा भित्राइन्छ । खम्ये पालिराखेको यो मन्दिरमा प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रप्रमुख (राष्टपति) दर्शनका लागि आउने चलन छ ।
राँंगो व्यक्तिले पैसा हालिदिएर भित्राइन्छ । यसरी महिषासुरको प्रतीकका रुपमा राँगो जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र निख्खर कालो हुनुपर्छ । यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैसा इच्छाएको व्यक्तिले राखिदिने चलन छ ।
भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले राँंगो जात्राका लागि राँगो दिने गरेका छन् । प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ । चढाउन चाहने भक्तजनले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ । प्रत्येक वर्ष यो जात्रा साँंझ हुने गर्दछ । फाइल फोटो
फाेटाेमा हेर्नुहाेस्...