नेपालमै पहिलो पटक भक्तपुर क्यान्सर अस्पतालमा प्यालियटिभ केयर सेवा सुरु


असोज २१, २०८१, सोमबार | साँझ ०४:२० बजे | 20


नेपालमै पहिलो पटक भक्तपुर क्यान्सर अस्पतालमा प्यालियटिभ केयर सेवा सुरु

भक्तपुर । नेपालमै पहिलो पटक भक्तपुर क्यान्सर अस्पतालमा प्यालियटिभ केयरको सुरुवात गरिएको छ । २० बर्षसम्म भक्तपुर क्यान्सर अस्पातलमा अबिछिन्न सेवा गरी प्यालियटिब सेवाको स्थापना गर्न ठुलो योगदान गर्नु भई क्यान्सरकै कारण मृत्‍युबरण गर्नुभएकी डाक्टर चादनी बैद्यको स्‍मृतिमा यसको स्थापना गरी नामाकरण गरिएको हो । सोमबार अस्पतालमा एक कार्यक्रमवीच यसको सुरुवात गरिएको हो । नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद् प्रेम सुवालले यसको उदघाटन गरेका हुन् । 
क्यान्सर या अन्य अन्य रोगले थला परेका बिरामीको हेरचाह गर्ने उचित तरिकालाई प्यालियटिभ केयर भनिन्छ । निको नहुने अवस्थाका बिरामीलाई किमोथेरापी अथवा अन्य कडा उपचार गरेर बिरामीलाई झन सास्ती दिनु भन्दा दुखाई र शारिरिक मानशिक पीडा कम गराउने यस बिधिको महत्व झन बड्दै गैरहेको छ । यस्तो सेवाको आवश्यकता धेरै छ ।
यस्तो खालको बिशेष सेवामा परिवारका सदस्यलाई नै केयर गर्न सिकाइ बिरामीलाई सकेसम्म घरमा नै हेरचाह गर्न प्रेरित गरिन्छ । धेरै गाह्रो भएको अवस्थामा भने अस्पातलमा प्यालिएटिब वार्डमा भर्ना गरिन्छ र बिरामीको जीवनको अन्तिम दिनहरुलाई सुखद बनाउन बिशेष तालिम प्राप्त स्वास्थ्यकर्मी र परिवारको सहायताले बिरामीलाई आनन्दपूर्वक अन्तिम साससम्म हेरचाह गरिन्छ । 
यस्तो सेवा भक्तपुर क्यान्सर अस्पतालमा मात्रै उपलब्ध रहेको अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले बताए । यस्ता बिरामीलाई हप्ताको एकपटक घरमै गएर समेत भक्तपुर क्यान्सर अस्पातलले निसुल्क सेवा प्रदान गर्दै आइरहेको उनले जानकारी गराए ।

फाेटाेमा हेर्नुहाेस्...

नेपालमै पहिलो पटक भक्तपुर क्यान्सर अस्पतालमा प्यालियटिभ केयर सेवा सुरु

Comments