मोहनी नखा असोज २३ फूलपाती, २४ कुलछि भोय्, २५ ताँःपूजा र २६ गते बिजया दशमी मनाउन आग्रह
असोज २१, २०८१, सोमबार | विहान १०:५८ बजे | 10
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको मोहनी नःखा विजया दशमी २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका मूल
पूजारी, आचाजु, जोशीलगायत सरोकारवालाहरुस“ग बैठक बस्यो ।
बैठकले २०८१ आश्विन २३ गते बुधबार विहान ७ः३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुंदा फुलपाती मनाउने, आश्विन २४ गते बिहीबार विहान ७ः२७ बजेदेखि अष्टमी तिथि लाग्ने हुंदा अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार विहान ६ः५२ बजेदेखि नवमी तिथि लाग्ने हुंदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ता“ःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजया दशमी पूजा गर्ने निर्णय गरेको छ ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, पुजारीहरू प्रजेश राज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।
सोही क्रममा भक्तपुर नगरपालिकाले स्थानीय पुजारीहरुको सल्लाहअनुसार असोज २३ गते फूलपाती मनाउने निर्णय भएको हुँदा उक्त दिन भक्तपुर नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।