चंगा चेत कार्यक्रमसहित साइकल कनेक्ट भक्तपुरको वार्षिक साधारणसभा सम्पन्न
असोज २०, २०८१, आइतबार | दिउँसो १२:०६ बजे | 40
भक्तपुर, असोज १९। “पैदल र पेडल मैत्री शहर”को मुख्य अवधारणा सहित विभिन्न कार्यक्रमहरू अगाडी बढाइसहेको भक्तपुरका साइकलप्रेमीहरूको समुह साइकल कनेक्ट भक्तपुरको वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ।
यस विषेश दिनको अवसरमा बिहान ब्यासीमा साइकल कनेक्ट भक्तपुर, प्रभात भुपू विद्यार्थी समाज, नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर शाखा, जुजु बाइक्स तथा पायोनियर ओपन क्रु लगायतका संघसस्थाहरूको अगुवाइमा विपद पिडितहरूको निम्ति बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। रक्तदान कार्यक्रमको उद्घाटन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा सर्वाधिक रक्तदान गर्ने शतक रक्तदाता प्रेमसागर कर्मचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो।
रक्तदान कार्यक्रम पश्चात साधारण सभाको बैठक दत्तात्रय अवस्थित किङ्स क्याफेमा बसेको थियो।
सो अवसरमा अध्यक्ष सुमित बालाले वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशाको लागी प्रस्ताव प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष जीवन वातांकक्षीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।अध्यक्षको प्रस्ताव प्रतिवेदनमा सांगठनिक संरचना, सदस्यता तथा वार्षिक गतिविधिहरूबारे विस्तारमा उल्लेख गरिएको थियो। अध्यक्षद्वारा छलफलको लागि पेश गरिएको आगामी कार्यदिशाको प्रस्ताव प्रतिवेदनमा सञ्चालक समितिका सदस्यहरूबाट राय सुझाव संकलन गरी परिमार्जन सहित पारित गर्ने निर्णय गरिएको छ। दशैं, तिहार तथा न्हुँ दँको अवसरमा सबैमाझ शुभकामना आदान प्रदान सहित चियापान कार्यक्रम पश्चात साधारण सभा सम्पन्न गरिएको थियो।
सोही अवसरमा अपरान्ह साइकल कनेक्ट जेन-जी तथा लियो क्लब अफ केदाररेश्वरको आयोजनामा चांगुनारायण चिहान डाँडामा “काइट्स अन व्हील” चंगा चैत कार्यक्रम पनि गरिएको थियो।